कोरोना भाइरसबाट नेपालमा थप ८ को ज्यान गयो

  मूलधारपोष्ट  107 पटक हेरिएको

कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

मन्त्रालयका अनुसार ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत काठमाडौंकी ७८ वर्षीया महिलाको मृत्यु भएको छ । उनी मधुमेह, रक्तचापका समस्याबाट पीडित थिइन् ।

यसैगरी धादिङको निलकण्ठ नगरपालिका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा मृत्यु भएको छ भने उनी क्षयरोगी थिए । यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । धनुषाकै ३८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ७२ वर्षीय पुरुष र मोरङको बुढीगंगा गाउँपालिकाका ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै कपिलवस्तु नगरपालिकाका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार