साहित्यकार शाहीको पहलमा पहिरो पिडीतलाई राहात सहयोग

  मूलधारपोष्ट  89 पटक हेरिएको

बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं १ अम्कोटका पहिरो पिडीतलाई साहित्यकार रिता शाहीको पहलमा राहात वितरण गरिएको छ । गत साउन १४ गते पहिरोमा परि बुढीगंगा नगरपालिका वडा नं १ अम्कोटका भानुभक्त पाध्यायका छोरा धर्मराज पाध्यायको पहिरोसंगै पुरीएर मृत्यु भएको थियो भने सोही वडाका ज्ञानप्रसाद तिमिल्सेना र नरेन्द्र तिमिल्सेना घाइते भएका थिए ।

मृतक धर्मराज पाध्यायका परिवारलाई १ बोरा चामल,३ लिटर तेल,३ चक्की साबुन र आधा दर्जन बिस्कुट र २ जना घाइतेलाई १५/१५ केजी चामल, १/१ लिटर तेल १/१ चक्की साबुन २/२ केजी तेल दाल र केही बिस्कुटहरु सहयोग गरिएको हो ।

पहिरो पिडितलाई साहित्यकार शाहीको पहलमा बाजुराको जगन्नाथ गाउँपालिका घर भई हाल कतारमा बस्ने रतन ठकुरीको नेत्तृत्वमा हिमाली गाउँपालिका घर भई हाल कतार बस्ने धर्मराज बोहराले ३ हजार २ सय,महेन्द्रनगर घर भई हाल कतार बस्ने एलबी विश्वकर्मा, उदयपुर गाइघाट घर भई हाल कतार बस्ने पे्म रानामगर र स्वंयम् साहित्यकार रिता शाहीको ४ हजार व्यक्तीगत सहयोगमा १४ हजार बराबरको राहात वितरण गरेको शाहीले बताएकी छन् । .

पहिरो पिडीतले विदेशमा बसेर पनि बाजुराबासीको दुःख देख्ने सहयोगी मनलाई धनयवाद व्यक्त गरेका छन् भने साहित्यकार शाहीले यसअघि पनि बुढीगंगा नगरपालिका केही विपन्न परिवारका स्थानिय र कन्र्सन बाजुराको अनाथ आश्रममा सहयोगी गरिसकेको र परिआए पिडीतको सहयोगमा कहिल्यै पछाडी नपर्ने बताएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार