खोलाले बगाउँदा एक बालिका बेपत्ता

  मूलधारपोष्ट  87 पटक हेरिएको

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा हिमाली गाउँपालिका– ५ कवाडी बस्ने ५ वर्षीया बालिका इसु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक टंक भट्टराइले जानकारी दिनुभएको छ ।

बालिका विहान घर नजिकैको धारामा पानी ल्याउन गएका बेला खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी छन् । बेपत्ता भएकी बालिकाको विच्छ्या प्रहरी चौकीबाट टोली खटिएर खोजी कार्य भइरहेको प्रहरी प्रमुख भट्टराइले बताउनुभएको छ ।

बिहिवार रातीबाट परेको अविरल वर्षाका कारण खोलामा पानीका बहावसंगै आएको बाढीले बालिका बगाएर बेपत्ता भएकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार