सधैंको सास्ती बन्यो साँफे मार्तडी सडक

  मूलधारपोष्ट  167 पटक हेरिएको

बाजुरा । २५ बर्ष अगाडी तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा सिलान्यास गरीएको साँफे–मार्तडी सडक खण्डको २२ वर्षपछि निर्माण सकिएको सडक सञ्चालनसँगै बाजुरा बासीमा पलाएको खुसी धेरै नटिक्ने संकेत देखिएको छ । सडक निर्माण सम्पन्न भई सञ्चालन भएको दुई वर्ष नपुग्दै दर्जनौ स्थानमा पहिरो जान थालेको छ । बुढीगंगा नदीले सडक नै कटान गरी सडकको निसाना समेत नदेखिने गरि सडक भासिएपछि दीगो सञ्चालनमा समस्या देखिएको छ ।

सडक कालो पत्रेको काम सकिएको २ वर्ष पनि पुगेको छैन् । अझै अधिकांश स्थानमा कालापत्रे नै गरिएको छैन् । कालो पत्रे गरेकै वर्षपनि पहिरोका कारण बर्षादमा सडक अवरुद्ध बनेको थियो । दुई बर्षदेखि नै पहिरो जाने र सडक बन्द हुने श्रृखला चलिरहेको छ ।
यो वर्षपनि असार दोस्रो साताबाटै पहिरो बगेपछि सडक अवरुद्ध भएको हो । एक महिना बढी भैसक्यो, सडक पूर्ण रुपमा बन्द भएको छ । बुढीगंगा नगरपालिका २ अमकोट द्धारी क्षेत्र र ताप्रीसेरा देखि बल्देसम्मको १ किलोमिटर सडकको निसाना नै मेटिने गरि ठूला–ठूला पहिरो खसेको र सामान्य मर्मत गरेर सडक सुचारु हुने अवस्थामा नरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो ।

ताप्रीसेरा देखि अमकोट द्धारीक्षेत्रसम्मको करिब २ किलोमिटर सडकमा यातायातका साधान नै सञ्चालन गर्न नमिल्ने गरी सडक भासिएको र सडक माथिबाट ठूला ठूला पहिरो खसेर पूर्णरुपमा अवरुद्ध भएको छ । यतीबेला सो क्षेत्रमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली नै खटिएर मान्छेलाई सडकमाथि जङ्गल र अमकोट गाउँबाट आवत जावत गर्न भनिएको छ । अम्कोटको जंगल क्षेत्रलाई छिचोल्दै सर्वसाधारणले यात्रा गर्नु पर्ने बाध्यता रहेकोले तत्काल बैकल्पीक मार्ग खोजिने सुदूरपश्चिम प्रदेशका कानुन तथा गृह मन्त्री प्रकाश शाहले भन्नुभएको छ ।

यता अमकोट बासी भने हरेक बर्ष सडकको वैकल्पीक मार्ग बनाउँदा बनाउँदै पुरै अमकोटको गाउँनै जोखिममा परिसेको बताउने गरेका छन् । धेरैजसो भाग पहिरोले बगाई सकेको छ । तलबाट बुडीगङ्गा नदीले तिब्र कटान गरिरहेका कारण गाउँनै असुरक्षित भएको छ । अव हामी यसै ठाउँमा सडक निर्माण गर्न नदिने स्थानिय नवराज पाध्याले बताउनुभएको छ । वहाँका अनुसार यदि वैकल्पीक मार्ग नै खोज्ने हो भने अमकोट गाउँको बिचबाटै लिन अनुरोध गर्नुभएको छ ।

अहिले पहिरोले भासिएको सडक क्षेत्रमा खतराको चिन्ह् लगाएर प्रहरी परिचालन गरिएको छ । लगातार त्रिवेणी नगरपालिका क्षेत्रको पंैमाको पहिरो र बुढीगंगा नदीको कटानले त्यस क्षेत्रमा सडक नै उच्च जोखिममा परेको साँफे मार्तडी सडक डिभिजन कार्यालय अछामका इन्जिनियर दमन कुमार बिष्टकोे भनाई छ । सडक पहिरोले भासिएसँगै आवत जावत पूर्ण रुपमा रोकिएको छ ।

यता बडिमालिका नगरपालिका क्षेत्रमा पर्ने पानीनाउलामा पनी सडक माथिबाट लगातार पहिरो बग्न थालेपछि ज्यान जोखिममा राखेर मान्छेले यात्रा गर्नुपरेको बडिमालिका नगरपालिका ४ का वडाध्यक्ष सुरेन्द्र नाथले जानकारी दिनुभएको छ । आमकोटको द्धारी क्षेत्रदेखि यता मार्तडीसम्मको करिब १४ किलोमिटर बाटोमा तीन वटा गाडी फेर्नु पर्ने बाध्यता रहेको वडाध्यक्ष नाथको भनाई छ । मार्तडी आउने र मार्तडीबाट जाने सञ्जाल नै विच्छेद भएको छ । आवत जावत नै ठप्प भएको छ ।
पुरै सडक नै भासिएर बुढीगङ्गा नदीमा मिसीएर बगिसकेको छ । सडक कटानपछि नदिको धार परिवर्तन भएर बुढीगंगा नगरपालिको अमकोट बस्तीका साथै बडिमालिकाको पानीनाउला बस्तीपनि ंयतिबेला जोखिममा परेको छ ।

त्रिवेणीको पैंमाबाट आउने पहिरोले बुढीगंगा नदीलाई एककिनारा लगाएको छ । त्यसैको दबाबमा सडक क्षेत्रमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको भनाई छ । सडक सञ्जाल विच्छेद हुँदा व्यापारीले खच्चर र मान्छेबाट महंगो भाडा तिररे समान बोकाउँनु पेर्ने बाध्यता छ ।, गर्भवती महिला, बिरामीहरुले यातायात नहुँदा स्वास्थ्य संस्था नपुगेरै जिवन बिताउँनु पर्ने बाध्यता बाजुराका लागि नयाँ हैन, भगवान भरसमा बाँच्नु यहाँका जनताको बास्तबिक पिडा भएको भन्नुहुन्छ नागरिक समाज बाजुराका तुलाराम जैशीको भनाई छ ।

सडक शिलान्यासको २५ वर्षसम्म पनि बाजुरा बासीले सास्ती भोग्दै आएका छन् । कुनै बर्खामा पनि ढुक्क साथ सडक सञ्चालन भएको छैन् । अछामको साँफेबगर देखि मार्तडीसम्मको ५७ किलोमिटर सडक निर्माण मै करिब पौने २ अर्व बजेट खर्च भईसकेको छ । पहाडी क्षेत्रमा प्रति किलोमिटर ४ करोड बजेट कालोपत्रेसम्म खर्च हुने गरेको छ । यति ठूलो मात्रामा खर्चगर्दा पनि जिल्ला बासीले बर्षेनी सास्ती खेप्नु दुखत विषय बनेको छ । आवत जावत मात्र रोकिने नभई दैनिक उपभोग्य समान ढुवानीमा समेत समस्या भएको व्यारारीको भनार्इं छ ।

ग्रामीण सडक पूर्ण रुपमा अवरुद्ध,
लगातारको वर्षाले बाजुराका ग्रामीण क्षेत्रका कच्ची सडक एक महिनादेखि पूर्ण रुपमा अवरुद्ध भएका छन् । वर्षाले सडक हिलाम्य भएपछि गाउँका कच्ची सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । जिल्लाको मार्तडी कोल्टी, मार्तडी घट्मुना, मार्तडी, डोगडी लगायतका सडक अवरुद्ध भएका छन् ।

विभिन्न गाउँका सडक अवरुद्ध हुँदा स्थानीय बासीलाई सास्ती भएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको यातायात व्यवसायीहरुले बताएका छन् । कच्ची सडक गाडी चलाउन नसकिने गरी हिलाम्मे भएका छन् । गाडी चलाउन निकै सास्ती भईहरको ट्याक्टर चालक लालसिं काकीले बताएका छन् ।

सडक अवरुद्ध हुँदा गाउँगाउँमा जाने यात्रुहरुलाई असहज हुनुका साथै ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको छ । लगातारको वर्षाले कच्ची सडकमा गाडी चल्न छोडेका छन्, भने सडकभरी हिलो जम्मा भएको छ । मौसममा सुधार आउने वित्तिकै सडक सुचारुको डोजर परिचालन गर्ने गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार