पहिरामा परि एकजना बेपत्ता, २ जना घाइते

  मूलधारपोष्ट  84 पटक हेरिएको

बाजुरा । जिल्लाको बुढिगङ्गा नगरपालिका–१ अम्कोटमा पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । बेपत्ता हुनेमा बुढीगंङ्गा नगरपालिका– १ अम्कोट का बर्ष २१ का धर्मराज पाध्याय रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर राेकायाले जानकारी दिनुभएकाे छ ।

राेकायाका अनुसार दिउसाे ३ बजेतिर बाख्रो चराउन गएको बेला माथिबाट पहिराे आएको र पहिरोमा परी १ बेपत्ता र अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा साेही वडाका १७ वर्षीय ज्ञानराज पाध्याय र १६ वर्षीय हरेन्द्र पाध्याय रहेका छन् ।

बुधबार दिउसाे प्रहरी नजिकै रहेकोले तत्काल घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते मध्ये ज्ञानराज पाध्यायको अबस्था गम्भीर र हरेन्द्र पाध्यायको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बेपत्ता भएका पाध्यायको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायालले बताउनुभएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार