बार्जुगाड प्रहरी चौकी नजिकै भिषण पहिरो

  मूलधारपोष्ट  74 पटक हेरिएको

अबिरल बर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे मार्तडी सडक अन्र्तगत बार्जुगाड प्रहरी चौकी नजिकै भिषण पहिरो गएको छ । सोमबार राति देखी आएको अबिरल बर्षाका कारण आज बिहान पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रशाद भट्टराईले बताएका छन् । बार्जुगाड प्रहरी चौकी नजिकै ठुलै पहिरो गएको छ । पहिरो पन्छाउन दुईतीन दिन भन्दा बढी लाग्ने प्रहरी चौकी बार्जुगाडबाट जानकारी आएको कार्यालय प्रमुख भट्टराईले बताए ।

लगातारको बर्षाका कारण साफे मार्तडी सडक खण्ड पहिरोले छेदबिछेद भएको तीन हप्ता भन्दा बढी भईसकेको छ । साउन ३ गतेसम्म बुढीगंगा नगरपालिका २ को बल्देसम्म यातायता सन्चालनमा थिए । चार गते ताँप्रीसेराको घट्टे खोलाको पक्की पुल नै बगाएपछि ताप्रीसेरासम्मको यातायात आजबाट बार्जुगाडसम्मै रोकीएका छन् ।

यातायात बार्जुगाड नै रोकीएपछि यात्रुहरु समस्यामा परेका छन् । मंगलबार आएको पहिरोले बार्जुगाड देखि सदरमुकाम मार्तडी  पैदल हिड्नु पर्ने बाध्यता भएको छ । लगातारको बर्षाका कारण सडक अबरुद्ध भएपछि सदरमुकाम लगाएतका बजारहरुमा दैनीक उपभोग्य सामानको अभाब भएको छ ।

बाजुरामा सोमबार राति देखी भिषण बर्षा भई रहेको छ । जिल्ला भरि धेरै ठाउ क्षेति भएको हुनसक्ने बताईएको छ धेरै ठाउ फोन सम्पर्क नहुदा क्षेतिको बिबरण आउन नसकेको प्रहरीले बताएको छ । त्यसै गरी बुढिगंगा नगरपालिकै डाव भन्ने ठाउँमा पनी साफेँ मार्तडी सडकमै पहिरो आएर सडक अबरोध भएको स्थानीयले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार