विवादमा स्वस्तिमा खड्का

  पत्रपत्रिका खबर  91 पटक हेरिएको

केही महिनायता विवादमा नआउने सेलिब्रिटी भेटिन मुश्किल छ। कोही न कोही, केही न केही विवादमा मुछिएकै छन्। केही दिनअघि स्वस्तिमा खड्काले पाका निर्माता तथा निर्देशक युवराज लामाको भिडियो अन्तर्वार्ताको केही भाग फेसबुकमा सेयर गर्दै अनुभवी फिल्मकर्मीबाट यस्तो जवाफ आशा नगरेको बताएकी थिइन्।

सो अन्तर्वार्तामा लामाले फिल्म क्षेत्र ग्ल्यामर फिल्ड भएकाले गलत मनसाय नराखी अँगालो मार्नु र स्पर्श गर्नुलाई ठूलो इस्यू बनाउन नहुने तर्क गरेका थिए। तर, स्वस्तिमाले यो स्ट्याटसमा उल्टै गाली खाइन्। फेसबुकमा कमेन्ट गर्नेले उल्टै हिरोइनको चरित्रमाथि हिलो छ्यापे।

यता यो प्रसंग सेलाउन के लागेको थियो, राजेश हमालका फ्यानले निश्चल बस्नेतको तीन वर्ष पुरानो अन्तर्वार्ता भाइरल बनाउँदै गालीको बर्सात गराए। यस क्रममा पनि स्वस्तिमा अमेरिकामा रहेका निर्देशक श्याम भट्टराईसँग भिड्न पुगिन्।

श्यामले निश्चल र उनको पासपोर्टको फोटोकपी आफूसँग रहेको बताउँदै राजेश हमाललाई सम्मान नगर्ने हो भने हमाल नै सहभागी हुने कार्यक्रममा आउन किन पासपोर्ट दिएको भन्दै प्रश्न गरे। उनले प्रतिकार गरिन्। श्यामले फेरि जवाफ दिए। तर, स्वस्तिमाले यसपछि भने मौन हुनु नै जाती देखिन्। यो बेलामा राजेश हमालका फ्यानसँग भिडेर फाइदा पनि त छैन।सम्पूर्णबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार