नयाँ दिल्लीलाइ हल्लायो प्रधानमन्त्री ओलीले

  पत्रपत्रिका खबर  148 पटक हेरिएको

देशका प्रधानमन्त्री नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय भारत विरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आइरहेका छन् । ओली अहिले प्रधानमन्त्रीको रूपमा आउनुमा २०७२ सालको भूकम्प र भारतले नेपालमाथि लगाएको नाकाबन्दी ताका ओलीका अडानहरू स्मरणीय हुन्छ । अहिले त्यस्तै चट्टानी अडान लिम्पियाधुरा कालापानी सहितको नक्सा प्रकरणमा पनि देखिएको छ । ओलीले कुनै न कुनै रूपमा दिल्ली हल्लाएकै छन् । ओलीले दिल्लीलाई कसरी हल्लाए रु विश्लेषण पढ्नुहोस् स्

झड्का नम्बर – १ २०७२ सालमा मधेसी आन्दोलनको हवाला दिँदै भारतले नाकाबन्दी गरेपछि नेपालमा अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या उत्पन्न भएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले समेत उक्त भारतीय कदमलाई ‘नाकाबन्दी’ भन्न नसकेको अवस्थामा ओलीले त्यसको खुलेर विरोध गरे । सोही समय मै प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिए ।

उनले उल्टै भारतलाई नाकाबन्दी हटाउने भए यो प्रस्ताव स्वीकार गर्छु भन्दै प्रस्तावलाई अस्वीकार गरिदिए । भारत अन्ततः बाध्य भयो। भारतले नाकाबन्दी फिर्ता लिएपश्चात् ओली भारत भ्रमणमा गएका थिए । त्यस बेला ओली सरकारमा हुँदा आम जनताबाट वाह वाही पाए। त्यति मात्रै होइन उनी नै नेपाली राजनीतिमा भारतीय हस्तक्षेपका विरुद्ध खरो रूपमा उत्रिने प्रधानमन्त्रीका रूपमा स्थापित भए ।

झड्का नम्बर – २ भारतले विगत ६ दशक देखि नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत अन्य नेपाली भूभाग आफ्नो नक्सामा समेटेको छ । त्यति मात्रै होइन विश्व कोरोनाको महामारीका कारण ग्रस्त भइरहेका बेला भारतीय गृहमन्त्री राजनाथ सिंहले गत मे महिनामा नेपालको भूमिमा मनलाग्दी सडक निर्माण गरेर कैलाश मानसरोवर जाने बाटो उद्घाटन गरे । सोही विषयलाई लिएर कोरोना कहरकै बिच नेपालमा भारत विरुद्ध विभिन्न आन्दोलनहरू भए ।

सडकदेखि सांसदसम्म यो विषयले गम्भीर मोड लियो । विवादित भूमिको समस्या समाधानका लागि पनि भारतले नेपालसँग वार्ता गर्न आनाकानी गर्दै आइरहेको छ । वार्ताका लागि नेपालले पठाएका कूटनीतिक नोटहरू भारतले अस्वीकार गर्दै आइरहेको थियो । त्यसपछि नेपाल सरकारले भारतको यो अटेरीलाई पनि बेवास्ता गर्दै नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्‍यो ।

झड्का नम्बर – ३ नेपाल सरकारले नयाँ नक्सा जारी गरिसकेपछि भारतमा नेपालको विरुद्धमा थुप्रै कुप्रचारहरु भए । विशेष गरी भारतीय मिडियाहरूले नेपाललाई चीनसँग मिलेर भारतको विरुद्धमा उत्रिएको दाबी गरे । भारतीय मिडियाहरूले पत्रकारिताको धज्जी उडाउँदै ‘पीत’ पत्रकारितालाई अग्रता दिए। यस विषयमा आफ्नो अभिव्यक्ति दिएकी नायिका मनीषा कोइरालालाई भारतमा बसेर भारतको विरुद्धमा बोलेकोमा आपत्ति मात्र जनाएनन् उनलाई देशबाटै निकाल्ने सम्मका समाचारहरू सम्प्रेषण गरे ।

यसैबिच एक विवादित अभिव्यक्ति दिँदै प्रधानमन्त्री ओलीले सांसदका दुवै सदनबाट भारतबाट आएको कोरोना भाइरस अलि खतरनाक भएको बताएका थिए । उनले भारत माथि सत्यलाई भन्दा पनि असत्यताको आडमा आएर कूटनीतिक सम्बन्ध धमिल्याउन खोजेको आरोप लगाएका थिए । उनको यो अभिव्यक्तिले पनि दिल्लीमा ठुलै झड्का लाग्यो ।

झड्का नम्बर – ४ गत असार १० गते बसेको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागियो । उनलाई सरकार र पार्टी दुवै धरापमा राखेको र अन्तर्राष्ट्रिय सम्बन्धमा थप चुनौती थपेको आरोप पार्टी भित्रैबाट आयो । उनले राजीनामालाई लिएर एक कार्यक्रममा आफूलाई भारतसँग मिलेर प्रधानमन्त्री पदबाट हटाउन खोजिएको आरोप समेत लगाए । तर यो जनताले बनाएको सरकार भएकाले सरकार ढाल्न त्यति सहज नभएको उनको भनाइ रहेको थियो । अहिले नै आफू प्रधानमन्त्री पदबाट हटेको खण्डमा देशले झनै अप्ठ्यारो परिस्थिति सामना गर्न तयार हुने उनको दाबी थियो । यो विषयले नेकपाको स्थायी कमिटीलाई मात्रै होइन भारतलाई समेत झक्झक्यो ।

यता पार्टीको बैठकमा भएका हुबहु कुरा दिल्लीका मिडियामा पुगेकोमा ओलीको आपत्ति थियो । यही विषयलाई लिएर चिनियाँ राजदूत होउ यान्छीसँगको भेटघाटलाई लिएर भारतीय मिडियाहरूले ओली र राजदूतबिच माया–प्रेमको जस्तो घनिष्ठता रहेको गलत भिडियो भाइरल नै गरे ।झड्का नम्बर – ५ सोमबार भानु जयन्तीका अवसरमा बालुवाटारमा गरिएको एक कार्यक्रममा ओलीले भारत विरुद्ध थप नयाँ विषय उठान गराए । उनले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर नेपालको साँस्कृतिमाथि अतिक्रमण गरेको आरोप लगाएका छन् । उनको यो अभिव्यक्तिले देश भित्र मात्र हैन दक्षिण सम्म पनि थप तरङ्ग उत्पन्न गरेको छ ।

ओलीले दिएको यो अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्ध धमिलाउने सजिलो अस्त्र भएकाले यो तत्काल फिर्ता लिनुपर्ने कतिको माग छ भने कतिले ओलीलाई प्रधानमन्त्री र पार्टी दुबै पदबाट हटाउन आह्वान गरेका छन् । भारतीय मिडियाहरूले यो विषयलाई लिएर झन् तरङ्गित भइरहेका छन् । यो विषयले दिल्लीमा ४४० भोल्टको करेन्ट प्रवाह भएको छ ।

बोल्ने बढी, काम शून्य-प्रधानमन्त्री केपी शर्मा ओली जति बेला पनि असम्भव कुराहरूमा मात्रै बढी केन्द्रित हुने गर्छन् । उनी बोलीमा केही मिठास त दिन्छन् तर काममा भने यत्रतत्र असन्तुष्टि बढिरहेका छन् ।
पछिल्लो समय उनको कामलाई लिएर विपक्षीको भूमिका पार्टी भित्रबाटै केही सहकर्मीले गर्दै आएका छन् । त्यति मात्रै हैन उनको कामलाई लिएर बालुवाटारमा विभिन्न प्रदर्शनहरू भएका थिए ।

देशको सर्वाङ्गीण विकासका लागि जनताको मन नजिते पनि उनले राष्ट्रियताका सवालमा भने जनताको मन जितेका छन् । हुन त उनको समर्थनमा पनि प्रदर्शन नभएका होइनन्, तर यस्ता आन्दोलन उनकै निर्देशनमा भएको आरोप लागेको छ । नेतृत्वबाटै राजीनामा माग-प्रधानमन्त्री केपी शर्मा ओली जति बेला नेपालमा छिमेकीहरूले धावा बोल्ने कुचेष्टा गर्छन् त्यति बेला खरो रूपमा उत्रिने गर्छन् । उनको यो प्रवृत्तिले राजनीतिमा थप तरङ्ग पैदा गरेको छ ।

यसरी हेर्दा प्रधानमन्त्री ओली राष्ट्रियताको सवालमा सफल देखिन्छन् तर कामको आधारमा भने आम जनताको भावना समेट्न सकिरहेका छैनन् । अन्ततः उनी र उनको सरकारले नेपाली जनतालाई विकासको अनुभूति भने दिन नसके पनि राष्ट्रियताको सवालमा भने जनताको मन जितेको देखिन्छ । नरेन्द्र महतराले लेखेको यो समाचार जीएनएनबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार