इन्स्टाबाट भागिन्

 122 पटक हेरिएको

‘किलिङ इभ’ स्टार जोडी कमरले सबै खाले सञ्जाल छाड्ने निर्णय गरेकी छिन्। कारण छ, ‘गाली धेरै गरे।’ एउटा पत्रिकामा दिएको अन्तर्वार्तामा आफ्ना हरेक पोस्टमा नेगेटिभ कमेन्ट मात्र आएकाले इन्स्टा छाडेको उनले बताएकी छिन्। ‘ओके’ म्यागजिनसँगको कुराकानीमा उनले यही कारणले ट्वीटर पनि छाडिसकेको बताएकी छिन्।

अहिलेको समयमा सामाजिक सञ्जालमा फ्यान बढ्नुको मतलब हो, लोकप्रियताको ग्राफ उकालो चढ्नु। यस्ता प्रशंसकले फिल्म दिलाउन मात्र मद्दत गर्दैनन्, प्रोडक्टको विज्ञापन पनि दिलाउँछन्। तर, सञ्जालमा आइसकेपछि ताली र गाली दुवै सहन सक्नुपर्छ।

उनले यो समयमा आफूले यस्ता साइट केका लागि प्रयोग गर्ने भनेर निक्र्योल गर्ने पनि बताइन्। ‘यतिबेला खालि आफ्नो प्रमोसन गर्ने कुरा मलाई ठीक लागिरहेको छैन,’ उनले भनिन् , ‘तर, मेरो काम क्यामरा रोकिँदैमा रोकिन्न।’ उनले चर्चाको दुनियाँतर्फ संकेत गर्दै भनिन्, ‘योभन्दा पर पनि अर्को दुनियाँ छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार