सुदूरपश्चिमको बजेटमा विचौलीयाको बिगबीगी

  मूलधारपोष्ट  137 पटक हेरिएको

बाजुरा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुराका सचिव भरत बुढाले सुदूरपश्चिम प्रदेश सरकारले विकासमा गति दिन नसकेको स्वीकार गरेका छन् । केही मन्त्री र आफू निकटहरुका लागि मात्र अनुभुत गराउने र लाभ लिने गरी योजना तिरण गरिएको र समग्र प्रदेशको माग र आवश्यकतालाई संवोधन गर्न नसकेको आरोप लगाएका छन् ।

रेडियो बाजुरासँग कुरा गर्दै पार्टी सचिव बुढाले प्रदेश सरकार जनताको जनमतबाट निर्वाचित भएको हो, भन्ने कुरा मन्त्री र सांसदहरुले बुझ्न जरुरी रहेको बताएका छन् । पार्टीको घोषणा पत्र, पार्टी पद्दती र पार्टी कार्यकर्ताको मागका आधारमा कुनै योजना पनि नआएकोले त्यसको समीक्षा हुने बताएका छन् ।

प्रदेश सरकार बिचौलीयाको बीचमा फसेको र उनीहरुकै हितमा मात्र बजेट आउने गरेको सचिव बुढाको भनाई छ । आफू निटक, आफू अनुकुल, आफूलाई कमिशन आउने खालको योजनामा मात्र बजेट आएको तथ्य समेत भेटिएकोले त्यसको पार्टीले धरातलीय छानवीन गर्ने बताएका छन् ।

बाजुराको विकासमा संघ र प्रदेश सरकारको महत्वपूर्ण योजना रहेको भएपछि प्रदेश सरकारको प्रतिनिधीत्व गर्नेहरुले सबैलाई समेट्न र पार्टी पद्दतीलाई आत्मसाथ गर्न नसकेको बताएका छन् । थापाले सडक सञ्जाल देखि अन्य विकास दीगो नहुनु दुखत विषय भएको बताएका छन् ।
साँफे मार्तडी सडक खण्डमा पर्ने द्धवारी, बल्दे सडकको तत्काल विकल्प खोजिनु पर्ने र त्यसका लागि सम्बन्धी निकायसँग छलफल चलिरहेको र नेकपा भित्र पनि विकल्प बारे बहस भइरहेको रेडियो मार्फत जानकारी गराएका छन् ।

पूर्व माओवादी कोटाबाट पार्टी सचिव भएका बुढाले नेकपा कुनै हालतमा नफुट्ने दाबी गरेका छन् । पार्टी अध्यक्षद्धय बीचको एकताका बेला भएको सम्झौताको पालना गरिनु पर्ने र प्रचण्डलाई आलोपालो प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयन गरिनु पर्नेमा बुढाले जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार