आर्थिक नहुदा श्रीमानको क्रिया गर्न पाइनन् कलमतीले

  मूलधारपोष्ट  177 पटक हेरिएको

बाजुरा । दुई दशकदेखि भारत बस्दै आएका बाजुराको बडिमालिका नगरपालिका २ माझिगाँउका कलमति दमाईको ६ जनाको परिवार कोरोनको कहरले गएको जेठ २८ गते गाउँ फर्कीए । कलमति दमाईको परिवार बाजुरा पुगे लगत्तै बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यवादी माबिको क्वारेनटाइनमा बसे । क्वारेनटानमा बसेको दुई दिनमा उनका श्रीमान झुपे दमाइले क्वारेनटाइनमा नै आत्माहत्या गरे ।

लामो समय देखी दमको बिरामी रहेका दमाई आर्थिक अभाबले गुज्रिरहेका थिए । भारतको नयाँ दिल्लीमा बस्दै खाएका दमाइका ६ जना परिवारमा झुपेकी श्रीमती कलमति दमाइले घरमा काम गरेर श्रीमानको उपचार र परिवार पालिरहेकी थिईन् । कोरोनाले लकडाउन भएपछि उनको परिवार नेपाल आएको थियो । कलमतिका ४५ बर्षका श्रीमानले जेठ ३० गते शुक्रवार साँझ क्वारेनटाइनमा आत्माहत्या गरेका थिए ।

उनी २८ गते मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराईले बताएका छन् । मृत्यु पछि उनको स्वाब संकलन गरेर धनगढी पठाएको थियो, पिसिआर रिपोटमा उनको कोरोना पोजेटिभ आएको थियो । कलमतिको गाँउमा जग्गा जमिन केही छैन्, घर समेत नभएकि उनले श्रीमानको मृत्युको क्रिया गर्न खर्च देखी लिएर सेतो लुगा किन्न समेत अहिले उनीसंग पैसा भएन् । १३ दिन सम्म गर्नुपर्ने कुनै क्रियाकाज गर्न नसकेको उनका आफन्त मानबहादुर नेपालीले बताएका छन् । श्रीमानलाई आफैले बोकेर क्वारेनटाइन नजिकै निलापैराभन्ने स्थानमा गाडेकी थिईन् ।

श्रीमानको मृत्युपछिको लाशलाई बेर्ने सेतो लुगा देखी धुप वाल्न समेत पैंसा नपाएकी कलमतीले रुदै भनिन्, श्रीमानको क्वारेन्टाइनमै मृत्यु हुदासमेत आफुलाई लगाउन सेतो कपडा समेत पैंसा नहुदा पाएन, क्रिया गर्न त धेरै टाढाको बिषय रहेको बताईन् । हिन्दु परम्परा अनुसार क्रियाकाज गर्ने गरेका छन्, आफुसँगै पैसा नभएपछि केही गर्न नपाएको उनको दुखेसो छ । बिरामी श्रीमान त मरिसके, अहिले ४ जना छोरा छोरी छन्, अब परिवार कसरी पाल्ने चिन्ता भएको उनले वताईन्, ।

अहिले वडा कार्यलयले दिएको ३० केजी चामलले छाक टारिरहेका छौ, घर नहुँदा अरुको घरको गोठमा बस्दै आएको वताईन् । सबै परिवार भारत गयौं , २४ बर्ष त्यहाँ बसौं , यता घरबारी, जग्गा जमिन सबै अरुलाइ दिइसकेका कारण अहिले आफुसंग परिवार पाल्ने कुनै आधारनै नभएको बताइन् । अब नेपालमा न काम गर्न ठाँउ छ, कसरी परिवार पाल्ने उनको चिन्ता छ ।

क्वारेनटाइनमा आरडिटि चेक गर्दा नेगेटिभ आएपछि केहिदिन अघीमात्र उनको परिवार गाँउ गएका छन् । न घरजग्गा छ नत पैंसा नै , । आर्थिक अभाबले श्रीमानको उपचार गर्न नसक्दा श्रीमान पनि बिरक्त्त भएर आत्माहत्या गरेको हुन सक्ने कलमति बताँउछन् । वडा अध्यक्ष डम्मर महतले भने गरिबिले निकै गुज्रिएको परिवार खान लाउन निकै समस्या भएको वताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार