वडाध्यक्षले नै एक युव’तीलाइ कि’स मागेपछि

  मूलधारपोष्ट  188 पटक हेरिएको

कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका वडा नं‌ ९ का वडाध्यक्ष राम नाथले एक महिला माथि दुव्र्यवहारको प्रयास गरेका छन् । नगरपालिका –९ ब्रह्मदेवमा नै पसल व्यवसाय गर्दै आएकी एक महिलालाई वडाध्यक्ष नाथले दुव्र्यवहारको प्रयास गरेको बुझिएको छ ।

बिहिवार दिउसो देखि पिडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजेतिर उनी माथि दुव्र्यवहारको प्रयास गरेको इलाका प्रहरी कार्यालय ब्रह्मदेवले जनाएको छ ।

वडाध्यक्ष नाथलाई भने अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयले उक्त महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै दुव्र्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका छन् । साथै इप्रका माथि ढुंगामुढा समेत प्रहार भइरहेको प्रहरीले जनाएको छ ।

मदिरा सेवन पनि वडाध्यक्षले अंगालो हाल्दै ‘किस’ मागेको स्थानीयको आरोप छ । वडाध्यक्ष र महिलालाई सोधपुछका लागि ईप्रका ब्रह्मदेवमा नै राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार