बाजुरामा पनी देखियो सलहको झुण्ड

  मूलधारपोष्ट  147 पटक हेरिएको

बाजुरामा पनी बुधवार सलह किरा देखा परेकोे छ । सहल देखा परेपछि किसान भने निकै निरास भएका छन् । सोही सलहको एक समुह बुधबार बेलुका करिब ६ बजेतिर जिल्लाको गौमुल गाउपालिका–२ पौदालीको आकासमा देखा परेको छ । करिब दुई तिन हजार जतीको समुहमा आकासमा फट्याग्रा जस्तै किरा घुमिरहेको गौमुल २ पौदालीबाट किसान रामचन्द्र धामीले जानकारी दिनुभएको छ ।

सलह किराले अरियोजती देखिने सबै अन्नबाली लगाएत अन्य घासपात, रुखका पातसमेत सिध्याउने सुनेका किसानहरुले आकासमै प्रस्ट देखीएकाले किसानहरु चिन्तीत भएका छन् । गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुन्ड बाजुरामा पनी सामान्य झुन्ड टुक्रिएर सलह किरा पुगेको छ । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिजापतीका अनुसार बाजुरा जिल्लाका विभिन्न ठाउँमा सहल सामान्यरुपमा फैलिसकेको बताउनु भएको छ ।

केही स्थानमा थोरै संख्यामा सलह किरा देखीएकाले छिट्टै सलहको झुण्डनै फैलनसक्ने भएकाले सबै कृषकलाई सचेत हुन र समयमै कृषि ज्ञान केन्द्रमा सलह किराको समुहबारे जानकारी गराउन हुन सम्पुर्ण स्थानीय तह कृषक र कृषि शाखाहरूलाई अनुरोध समेत गरेको ज्ञान केन्द्रका प्रमुख सिजापतीको भनाई छ ।

सिजापतीका अनुसार अहिले सलहको स–सना समूहहरू भने अन्य जिल्लाहरूमा देखिएको बताए । बाजुरामा देखिएको सलहको फाटफुट देखीएको भए पनी पछि यसले निकै असर गर्न सक्ने भएकोले समयमै सचेत हुन कृषि ज्ञान केन्द्र बाजुराले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार