हलिउडका उत्कृष्ट १० अभिनेत्रीभित्र जोहान्सन

  पत्रपत्रिका खबर  159 पटक हेरिएको

स्कारलेट जोहान्सन हाल हलिउडका उत्कृष्ट १० अभिनेत्रीभित्र पर्छिन् । सुपरहिरो फिल्मदेखि ‘म्यारिज स्टोरी’ जस्तो इमोसनल फिल्मसम्ममा उनी सुहाउँछिन् ।

उनको अभिनयलाई उनको आवाजले पनि सघाउने गरेको छ । तर, कुनै जमानामा मानिसहरू उनको यही आवाज सुनेर उनलाई काम दिन हच्किन्थे । उनले ‘क्याडिस’ म्यागजिनसँग कुरा गर्दै बाल्यकालमा आफूले आवाजकै कारण संघर्ष गर्नुपरेको खुलासा गरेकी हुन् ।

‘सानोमा मैले गायन प्रशिक्षण लिएकी थिएँ, किनकि म सांगीतिक नाटक गर्न चाहन्थेँ,’ उनले भनिन्, ‘तर, मेरो मोटो आवाज सुनेर कोही पनि मलाई काम दिन तयार हुँदैनथे । त्यसपछि म अभिनयतिर लागेँ ।’ स्कारलेट अभिनीत सुपरहिरो फिल्म ‘ब्ल्याक विडो’ रिलिज हुने क्रममा छ ।

रिह्याबमा एमान्डा-हलिउडमा केही सेलिब्रिटीको दोस्रो घर रिह्याब सेन्टर हुने गर्छ । कोही सफलता थेग्न नसकेर नशाको शरणमा पुग्छन् त, कोही असफलता । एमान्डा बायन्स पहिलो श्रेणीमा पर्छिन् । बाल कलाकारका रूपमा हलिउडमा काम थालेकी उनले सफलता थेग्न नसकेर ड्रग्सको नशामा फसिन् ।

यसबाट मुक्त हुन बेला–बेला उनी रिह्याब बस्दै आएकी छिन् । लकडाउनकै बीच पनि एमान्डा रिह्याब पुगेको खबर छ । तर, यसपटक भने रिह्याब पुग्ने कारण नशा होइन । तनाव र बैचेनीका कारण उनी सुधारगृह पु¥याइएकी हुन् । दुई महिनाअघि पनि उनी रिह्याब गएको खबर थियो । दुई महिनालगत्तै फेरि रिह्याब । रिह्याब जाने क्रम हेर्दा त एमान्डा घरभन्दा पनि उतै बसे बेस होलाजस्तो छ ।

सिपोराको पारा-भलिबल खेलाडीसँगै अभिनेत्रीको पनि पहिचान बनाएकी सिपोरा गुरुङ यतिबेला अध्ययनको सिलसिलामा अमेरिकामा छिन् । राष्ट्रिय टोलीबाट बाहिरिएपछि उनले केही फिल्ममा अभिनय गरिन्, तर खासै सफलता हात लागेन । यही कारण हुनुपर्छ धेरै सेलिब्रिटीझैँ उनले पनि अमेरिका जाने निर्णय गरिन् । आर्थिक सुरक्षाको लोभमा अमेरिका पुग्ने जो कोहीलाई यो पटक कोभिड–१९ ले असुरक्षित बनायो ।

सिपोरा यसमा अपवाद हुने कुरै थिएन । सामाजिक सञ्जालमा सक्रिय रहने उनले शक्तिशाली देशमा पनि असुरक्षित महसुस गरेको स्ट्याटस लेखिन् । तर, पाएसम्म जान मरिहत्ते गर्ने तर नपाउञ्जेल अमेरिका जानेलाई सत्तोसराप गर्ने नेपाली समाजले यो स्ट्याटसपछि उनलाई पनि बाँकी राखेन । फेसबुकमा गालीको ओइरो लाग्यो । उनले चित्त दुखाइन् ।

तर, यसले सिपोरालाई चेताएजस्तो भने लागेन । आजभोलि उनी फेसबुकमा दिनहुँ स्विमसुट र टुपिसका फोटो पोस्ट गरिरहेकी छिन् । एकातिर असुरक्षित छु भन्ने अनि अर्कोतिर उत्तेजक फोटो राख्ने ? सिपोराको पारा के हो, के हो !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार