बलात्कारपछि जिउदै जलाउने को हुन् विनय चौधरी ?

  समाचार एजेन्सी  402 पटक हेरिएको

भारत-  संसारमा अनेक अप्रिय घटनाहरु घटीरहेका हुन्छन् । जस मध्ये अधिकांस हाम्रो छिमेकी देश भारतमा घट्ने गरेको छ । हालै एक पत्याउंन गाह्रो हुने खबर बाहिर आएको छ । हो, भारतमा एक पिताले आफ्नै छोरीलाई बलात्कार गरे । र, छोरीको लाशलाई घरमै जलाई दिए ।

जब छिमेकीहरुले घरबाट धुवाँ निस्किरहेको देखें, सबै जना त्यहाँ पुगे । बलत्कारी पिता नुहाइ रहेका थ्एि भने छोरीको लाश जलिरहेको थियो । प्रहरीका अनुसार युवतीको शरीरमा आधा कपडा थिएनन् ।

यो घटना हो, भारतको झारखंड हरिहरगंजको । छिमेकीले सोध्दा ती पिताले सही जवाफ दिएनन् । त्यसपछि छिमेकीहरुले उनलाई मरनासन्न हुने गरी कुटे, र, पछि प्रहरीको जिम्मा लगाइदिए ।

प्रहरीको अनुसन्धानपछि थाहा भयो ती पिताले पहिले आफ्नी छोरीलाई बलात्कार गरे त्यसपछि घाँटी थिचेर हत्या गरे । अनि, घरमै लाश जलाए । युवतीको आधा जलेको लाशलाई पोष्टमार्टमको लागि पठाइएको छ ।

घटनामा मृतक युवतीका एक वर्षका छोरा पनि आंशिक रुपमा जलेका छन् । छोरीलाई पनि २ दिनअघि घरबाट माइत ल्याइ बलत्कार गरेका अभियुक्त विनय चौधरी मुम्बइमा आफ्नो परिवारसँग बस्दै आएका छन् । एजेन्सी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार