पहिरो बग्न थालेपछि साँफे मार्तडी सडक जोखिममा

  मूलधारपोष्ट  152 पटक हेरिएको

बाजुरा । लगातार बर्षाका कारण साँफे मार्तडी सडक खण्ड पहिरोको उच्च जोखिम देखिएको छ । बर्षादसुरु भएसँगै बाजुराको ताँप्रीसेरा देखि मार्तडीसम्मका दर्जनौ स्थानमा सडकको दाँयाबाँया पहिरो खस्न थालेको छ । पहिरो खस्न थालेपछि साँफे मार्तडी सडक जोखिममा परेको छ । भने आवत जावत समेत रोकिने संभावना बढेको छ ।

अहिले केहिदिन देखि लगातार परेको बर्षातका कारण दर्जनौ स्थानमा माथिबाट पहिरो बग्न थालेको छ । द्धवारी क्षेत्रमा तलबाट बुढीगंगा नदीको कटान गरेसँगै अम्कोट गाउँतर्फ पहिरो बग्न थालेको छ । भने पानीनाउलामा लगातार माथिबाट पहिरोकै कारण सकड हिलाम्य बन्नुका साथै अवरुद्ध बन्न थालेको । हिलाम्य सडकमा सवारी साधान गुडाउन समस्यासँगै माथिबाट ढुंगा खस्ने समेत डर देखिएको ट्याक्टर चालक डबल नाथले बताएका छन् ।

निर्माण भएको वर्षदेखि नै पहिरोले सडकलाई क्षति पुर्याउने गरेको छ । भिरालो र पाखो जमिन भएकै कारण निर्माण सम्पन्न भएको पाँच वर्षसम्म नियमित पहिरो खस्ने र जोखिम हुने प्राविधिकले बताएपनि लगातार एकै स्थानमा पहिरो थपिदै गएको कारण थप जटिलता भएको सरोकारबालाको भनाई छ ।

अम्कोट, द्धवारी, मलाती क्षेत्रमा सडक रहने र नरहने भन्ने निश्चित नै छैन् । अहिले एक तर्फमात्र सवारी साधान चल्ने गरी बाटो बाँकी रहेको छ । त्रिवेणी नगरपालिकाबाट पंैमाको पहिरोले बुढीगंगा नदीलाई अम्कोट क्षेत्रतीर धकेलीरहेको छ, भने नदीले सडकसँगै बस्ती समेत पहिरोसँगै कटान गर्ने अवस्था नरोकीएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । पहिरोका कारण नदि दिनानुदिन थुनीदै गएको छ भने त्यसले बाजुराको तल्लो क्षेत्रसंगै अछामका नदिकीनारामा रहेका बस्तीलाई समेत समस्या सृजना गरेको छ ।

साँफे मार्तडी सडकको बैकल्पीक बाटो नखोजिए सदरमुकाम मार्तडीसम्म पनि सवारी साधान सञ्चालनमा समस्या आउने देखिएको छ । द्धवारी, बल्दे, क्षेत्रको करिब १ किलोमिटर बाटो पुरै पहिरोसँगै नदीमा मिसीने अवस्थामा आइपुगेको छ ।

अघिल्लो वर्षादमा नै सडक बगाएर क्षति पुगेपछि घरलाई नै भत्काएर सडक बनाईएको थियो । हिउँदको समयमा कुनै पहल नगरिदा र बर्षादको समस्यामा मात्र विकल्प खोज्ने प्रवृत्तिले अमकोट बस्ती लगाएत सर्वसाधारणले यो वर्ष पनि निकै दुख पाउने अमकोटका नवराज पाध्यायले गुनासो गरेका छन् । उसोत पहिरोको कारण भासिएको र पुरिएको सडकलाई समेत सफा गर्न स्थानीय सरकार जिम्मेवार नदेखिएको स्थानियको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार