सुदूरपश्चिममा २ सय १९ जनामा कोरोना पुष्टि

  मूलधारपोष्ट  150 पटक हेरिएको

सुदूरपश्चिम प्रदेशमा आज दुई सय १९ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धनगढी प्रयोगशाला र चितवन प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७÷२७, बझाङका नौँ, दार्चुलाका तीन र अछाम जिल्लाका एक जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका एक पुरुष, बैतडीका ५ महिला र २० पुरष गरी २५ जना, बझाङका तीन महिला र ६ पुरुष गरी नौँ जना, बाजुरका १० महिला र १७ पुरुष गरी २७ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै दार्चुलाका तीन पुरुष, डोटीका १७ महिला र २९ पुरुष गरी ४६ जना, कैलालीका ८ महिला र २२ पुरुष गरी ३० जना र कञ्चनपुरका ८ महिला र ३४ पुरुष गरी ४२ जनामा कोरोना पुष्टि भएको उनले बताएका छन् । उनका अनुसार आजै चितवनमा भएको परीक्षणमा कैलालीका एक पुरुषमा पनि कोरोना देखिएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार