बाजुरामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

  मूलधारपोष्ट  169 पटक हेरिएको

बाजुरामा बिहिवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिवेणी नगरपालिका चार र बुढीगंगा नगरपालिकामा चार जना गरी  थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक सय ६ पुगेको छ । बुढीगंगा नगरपालिकाका ९० जनाको स्वाब परिक्षण गरिएको मध्ये ४ जनामा पोजेटिभ र ८६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पोजेटिभ देखिएका मध्ये १५, २७, १८ र १९ वर्षका पुरुष रहेका छन् ।

यस्तै त्रिवेणी नगरपालिकामा २२, ४५, ३० र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभएको छ ।

बुढीगंगामा कोरोना पुष्टी भएका चार जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर परिक्षण गरिएको हो । भने त्रिवेणीका कोरोना संक्रमित भएका चार जनाको पिसिआर परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं टेकुमा गरिएको हो ।

जिल्लामा बडीमालिका नगरपालिकामा ४० जना, बुढीगंगामा २६ जना, त्रिवेणी नगरपालिकामा ३५ जना, जगन्नाथ एक जना र एक जना स्वामीकार्तिक गाँउपालिकाको रहेका छन् । जसमा ३७ जना महिला र ६१ जना पुरुष रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार