चितुवाको छाला सहित ३ जना प्र’काउ

  मूलधारपोष्ट  207 पटक हेरिएको

बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका वडा नं‌–६ पन्धाराबाट चितुवाको छाला सहित तीन जनालाई प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोही नगरपालिका ६ बस्ने स्थानीय तीन जनालाई गोप्य सूचनाका आधारमा जंगली जनावरको चोरी सिकारी र पैठारी गर्ने गरेको खवरपछि मंगलबार प’क्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक टंकप्रसाद भट्टराइले जानकारी दिनुभएको छ ।

प्रमुख भट्टराइका अनुसार सुराकीको आधारमा तीन जनाले जंगली जनावर मारेर चितुवाको दुइ थान छाला, हड्डी लगायतका बहुमुल्य चीजहरु पैठारी गर्ने गरेकोले प्र’काउ गरिएको छ । उनीहरुले लुकाएर राखेको अवस्थामा बाघको छाला दुई वटा,हड्डी र भालुको पित्त समेत बरामद गरेको प्रहरीको भनाइ छ ।

प’क्राउ परेका तीन जनालाई आज दिउसो १ बजेपछि पत्रकार सम्मेलन मार्फत जानकारी गराउने प्रहरीले तयारी थालेको छ । छाला तस्करी गर्ने तीनै जनाको अनुसन्धान गरी चोरी सिकारी तथा पैठारी सम्बन्धीको ऐन अनुसार कानुनी कारबाही गर्ने बताएको छ । केहि दिन अघी मात्रै त्रिवेणी नगरपालिकामै जंगली जनावर रतुवा समेत मारेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार