क्वारेनिटनमा बसेकोलाई सिमकार्ड सहयोग

  मूलधारपोष्ट  157 पटक हेरिएको

बाजुराको बुढीगंगा नगरपालिका–८,९ र १० नम्बर वडाका क्वारेन्टिनमा बसेका स्थानीयलाई सिमकार्ड वितरण गरिएको छ । क्वारेन्टिनमा रहेका भारत तथा अन्य मुलुकबाट आएका र सम्पर्क विहिन भएकाहरुलाई प्राथमिकता दिदैं सिम कार्ड वितरण गरिएको छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव रनसिंह अयडीको बिशेष पहल तथा नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका महासचिव एवं नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य खगेन्द्र बहादुर सिंह र युवा समाजसेवी एवं व्यवसायी जगत शाहीको समन्वय तथा नेपाल टेलिकम क्षेत्रिय कार्यालय सुदूरपश्चिमको सहयोगमा सिमकार्ड वितरण गरिएको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका महासचिव एवं नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य खगेन्द्र बहादुर सिंहले बताएका छन् ।

बुढीगंगा नगरपालिका–८,९ र १० नम्बर वडाका क्वारेन्टिनमा रहेका १ सय २५ जनालाई क्वारेन्टिनमै पुगेर सिमकार्ड वितरण गरिएको हो । साथै ९० जोर गोलप्स, सेनिटाईजर र सर्जिकल मास्क समेत वितरण गरिएको युवा समाजसेवी एवं व्यवसायी जगत शाहीले बताएका छन् । सिमकार्ड र अन्य सरसफाई सामाग्री नेपाली काँग्रेस ९ नम्बर वडा कार्य समिति सभापति चन्द्र बहादुर शाहीले हस्तान्तरण गरेको ८ नम्बर वडा बाल सञ्जालका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार