प्रेमीले दिए मोटी भनेर ब्रेकअप

  एजेन्सी  219 पटक हेरिएको

नर्थ इस्ट लिंकनशायरको ग्रिम्सबीकी उनले तौल कम गर्ने मात्र हैन ब्रिटेनकै सबैभन्दा सुन्दर महिलाको उपाधीनै पाइन् । प्रेमीले छोडेको पाँच वर्षको अवधिमा नै उनले ५७ केजी तौल घटाएर यो उपलब्धी हाँसिल गरेकी हुन् ।

जेन एटकिन्सलाई मोटो भएकै कारण प्रेमीले बेक्रअप दिए । प्रेमीलाई भेट्दा ८८ केजी रहेकी २६ वर्षीया जेन विस्तारै ११४ केजीसम्म पुगेकी थिइन् । तौल बढेर मोटी, कुरुप बनेकै कारण प्रेमीले छोडेपछि जेन तौल कम गर्नतर्फ लागिन ।

आफू ब्रिटेको सबैभन्दा सुन्दर महिला भएको भन्नेमा आफूलाई नै विश्वास नभएको जेन बताउँछिन् । आफू चकित भएको र आफ्नो खुसी शब्दमा बयान गर्न नसक्ने उनले बताइन् ।

प्रेमीले छाडेपछि जीवननै समाप्त भयो भन्ने सोचेर हप्ता दिनसम्म रोएकी जेनले आफूलाई घटाउने सोच बनाइन् । चिन्ताले खाना नरुच्नु र जिम जानु नै आफू घट्नुको राज भएको उनी बताउँछिन् ।

जेन एक मोडल हुनुका साथै कन्ट्री सिंगर पनि हुन् र सन् २०१८ मा उनको पहिलो गीत रिलिज भएको थियो । यो वर्ष उनी आफ्नो अर्को गीत पनि रिलिज गर्ने तयारीमा छिन् । प्रेमीसँग छुटेको पाँच वर्षको बीचमा जेनको विवाह पनि भइसकेको छ । विवाहपछिका जेनका हरेक सफलतामा उनलाई पतिले साथ दिने गरेको जेन बताउँछिन् । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार