तिमी लाई नदेखेको दुई दिन भो

  बिश्वराज जैैशी  154 पटक हेरिएको

 

निलो कपडामा सजिएकी तिम्रो पियसीलाई निहाल्दै,
तिमी विहानै धारिला हतियारकोे विचमा , रातो गोलो अनुहारमा मन्दमुस्कान सहित निस्कीदै गर्दा,
म भर्खर आछ्यान बाट उठेर, दुई हातले आखाँ मिच्दै, टुलुटुलु तिमीलाई हर्ने गर्दथे,
वामे सर्दे तिम्रो आगमन हुदै गर्दा , चारैतिरको तिम्रो नजरले ,सवै सलबलाउथे ।

म तिम्रो साथमा संसार देख्दथे ,शरिरमा शक्ति पाउदथे आखाँमा ज्योति पाउथे र मस्तीस्कमा स्मरण गर्दथे ।
तिमी कति शक्तिशाली छौ , कसैका लागी शक्ति , कसैका लागी खाना ,कसैका लागी ज्योति र कसैका लागी प्रेरणाको स्रोत भएर आउदा,कोही र कहिले बाहेक सवै तिम्रो गुणगान गाउँदछन ।

तिमीलाई एक दिन नदेख्दा कति आत्तिछन ,छटपटाउँछन र सम्झीन्छन
आज त दुई दिन भो , तिमी लाई नदेखेको ,
निलो कपडामा सजिने तिम्रो पियसी,
कालो घुम्टी ओढेर एक छिन नरोकिने गरी , आखाँबाट आसुको भेल वगाईरेही छिन ।
तिमीलाई नदेख्दा विरामी झै थला परे जस्तै , ओछ्यान बाट उठेका छैनन्।
तिमीलाई मन नपराउने तिम्रा शत्रुपनी हेर्नलाई आत्तिएका छन ।

तिमि विना कसैले खाना, कसैले शक्ति र कसैले बल पाएका छैनन्।
तिम्रो दुई दिनको अभावले साह्रै दुख पाए , पिडा भोगे , कोही कालो घुम्टीमा रोए त कोही कोठामा थुनिए ।
तिम्रो पियसीको कालो घुम्टी हटाउन ,आखाँका आसु रोक्न खुसी र प्रेरणाको स्रोत बन्न
तिमी आउनै पर्छ , दुई दिन भो नदेखेको अव आउनै पर्छ , मेरो सूर्य तिमी आउनै पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार