न्यानो बाड्दै स्वर्णिम सहारा

  मूलधार सम्वादाता  494 पटक हेरिएको

काठमाडाैं-  विभिन्न सामाजिक गतिबिधि हरुमा सक्रिय सस्था स्वर्णिम सहाराले १२० बिपन्न परिबारका लागि लत्ताकपडा र शैक्षिक सामग्री सहयोग गरेको छ ।

सस्थाले आफ्नो पुर्ब निर्धारित कार्यक्रम अनुसार पुर्बी तराईका झापा पुगेर न्यानो बाडेको सस्थाकी अध्यक्ष्य प्रिन्सेस एन्जलले बताएकी छिन । झापाको हल्दिवारी गाउँपालिका ३, ४ र ५ नम्बर वडाका गरीबीको रेखामुनि रहेका करिब १२० परिवारलाई डसना लगायतका जाडोका लागि अत्याबस्यक कपडाहरु वितरण गरिएको हो । ” उहाहरुका निमित्त स्वर्णिम सहारा साच्चै सहारा बनेको छ , वहाहरुको मुहारको खुशीले हामीलाई पनि खुशी लागेको छ ।

” वितरण पश्चात अध्यक्ष्य एञ्जलले भनिन – “तिहारमा देउसी भैलोबाट उठेको पैसा अनि विभिन्न सहयोगी मन भएका दाताको सानोसानो सहयोग अहिले कठ्याङ्ग्रिदो जाडोमा बिपन्न बर्गका परिवारको लागि सहयोग बनेको छ, सहयोगी सबैलाइ धन्यबाद ।”

सन्थाल परिवारको बाहुल्यता रहेको उक्त क्षेत्रमा बिपन्न र पिछडा बर्गको रुपमा रहेको परिवारका बालबालिकालाई शिक्षामा पहुँच पुगोस भन्ने उदेश्यले शिक्षा सामग्री समेत बितरण गरिएको हो । अङ्ग्रेजी नयाँ बर्षसंगै स्वर्णिम सहाराले ‘ घुमेर हैन समाजमा घुलेर’ भन्ने नाराका साथ सस्थाको उदेश्य अनुरुप आफ्नो भुमिका निर्वाह गरेको हो ।

झापा क्षेत्र न.३ का नब निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द लिङ्देनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा डस्ना; ब्लैन्केट लताकपडा लगायत शैक्षिक सामग्री बितरण गरिएको हो । चिसोमा न्यानो कपडा पाए सङ्गै सन्थाल परिवारमा खुसी छाएको छ ।सस्थाले यस अघि पनि तराईका बाढी पिडितहरुलाई राहत बितरण गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार