झाडापखालाबाट थला परेका केपी अोली उपचारको लागि ब्याङ्कक जाने

  मूलधार सम्वादाता  522 पटक हेरिएको

काठमाडाैं-  केही दिनदेखि झाडापखालाबाट थला परेका एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

उनी अब नियमित स्वास्थ्य परिक्षणका लागि ब्याङ्कक जाने भएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेको केपी शर्मा ओली आगामी पुस २६ गते ब्याङ्कक जान लागेको स्रोतले जनाएको छ।

केही वर्षअघि मृर्गौला प्रत्यारोपण गराएका ओली नियमित रुपमा स्वस्थ्य परीक्षणका लागि ब्याङ्कक जाने गरेका छन्। पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओली घरमै आराम गरिरहेका छन्।

ओलीको अस्वस्थतका कारण पार्टी एकताको प्रक्रिया अगाडि बढ्न सकेको छैन भने शीर्ष नेताहरुको बैठकमा पनि अन्य नेताहरुलाई पठाउने गरिएको छ।

नियमित स्वास्थ्य परीक्षणका लागि यसअघि नै जानु पर्ने भए पनि चुनावी अभियानका कारण रोकिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार