फेरी प्रचण्ड र देउवा सरकार बिच खटबड सुरु

  मूलधार सम्वादाता  428 पटक हेरिएको

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएर सरकार निर्माणको सहज मार्ग प्रशस्त गर्दा उचित हुने धारणा राख्नुभयो ।

अध्यक्ष प्रचण्डले कानूनी व्यवस्थाका कारण केही ढिलाइ भएतापनि अध्यादेश जारी भएसँगै राष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार गठनका लागि कुनै समस्या नभएको स्पष्ट पार्नुभयो ।

पार्टी एकताका विषयमा दुई पार्टीबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै उहाँले पार्टी एकता संयोजन समितिको बैठक चाँडै बस्ने जानकारी दिनुभयो ।

नेपाली काँग्रेसले प्रधानमन्त्रीका लागि आफूलाई प्रस्ताव गरेको विषयमा उहाँले भन्नुभयो, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन ।

अध्यक्ष प्रचण्डले वाम गठबन्धन बनाएर निर्वाचनमा गएको बताउँदै पार्टी एकताको संकल्प गरेर निर्वाचनमा गएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार