साहित्यकार रिताको पहलमा विपन्न १४ परिवारलाई राहत सहयोग

  मूलधारपोष्ट  252 पटक हेरिएको

बाजुराको बुढीगंगा नगरपालिका २ र ३ नम्बर वडाका अति विपन्नका लागि २० हजार बराबरको खाद्यन्न राहत सहयोग गरिएको छ । सामाजिक अभियान्ता सम्राट सिंह बस्नेतको सहयोग र साहित्यकार रिता शाहीको पहलमा अति विपन्न १४ परिवारलाई राहत सहयोग गरिएको हो ।

विपन्न परिवारको समस्या बारे सामाजिक अभियान्ता एवं समाज सेवी बस्नेतलाई सुनाएपछि व्यक्तिगत रुपमा २० हजार बराबरको राहत उपलब्ध गराउन सहयोग गर्नु भएको पहल कर्ता रिता शाहीले बताएकी छन् ।

प्रत्येक परिवारलाई १५ केजी चामल, एक पोका तेल, एक केजी चिनी, र एक पोका नुन राहत स्वरुप सहयोग गरिएको हो । बन्दाबन्दीको समयमा अति विपन्नका लागि गरिएको सहयोगले राहत पुग्ने बुढीगंगा नगरपालिकाका उपप्रमुख तारा खातीले बताएकी छन् ।

राहत वितरण कार्यक्रममा उपप्रमुख खाती सहीत ३ नम्बरका वडा अध्यक्ष खडक अधिकारी, धनबहादुर देउवा, राप्रपाका नेता चन्द्रबहादुर शाह सहीत सहभागि रहेका थिए । विपन्न परिवारले नगरपालिकाले दिएको राहतबाट केही दिनलाई छाक टार्न सहज भएको थियो, थप राहत पाउँदा खुसी लागेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार