पीसिवनले सहयोग गर्यो १८ लाखको स्वास्थ्य सामाग्री

  मूलधारपोष्ट  249 पटक हेरिएको

कोरोना संक्रमणका विरुद्धमा पीसविनले स्थानीय तहलाई १८ लाख बराबरको स्वास्थ्य तथा सुरक्षा सामाग्री सहयोग गरेको छ । जिल्लाका बुढीनन्दा नगरपालिका र हिमाली गाउँपालिकालाई १८ लाख बराबरको स्वास्थ्य तथा सुरक्षा सामाग्री र किसानलाई बीउ सहयोग गरेको हो ।

कोरोनाको संक्रमण विरुद्धमा प्रयोग हुने स्वास्थ्य तथा सुरक्षा सामाग्री सहीत किसानलाई उन्नत जातको बीउ सहयोग गरेको पीसविन सम्पूर्ण परियोजनाका कार्यक्रम संयोजक गोविन्द्र थापाले बताएका छन् । सुरक्षा तथा सरसफाइ अन्र्तगतका सेनीटाइजर, साबुन, मास्क सहीतका सामाग्री सहयोग गरिएको थापाको भनाई छ ।

पीसविन सम्पूर्ण परियोजनाले विगत तीन वर्षदेखि कोल्टी क्षेत्रका बुढीनन्दा नगरपालिका र हिमाली गाउँपालिकालाई कार्य क्षेत्र बनाएर काम गरिरहेको छ । २ वटा स्थानीयमा १८ लाख बराबरको समान खरिद गरेर सहयोग गरिएको हो ।

अभावको समयमा पीसविनले गरेको सहयोगले स्थानीय तहलाई ठूलो राहत पुगेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले बताएका छन् । हजार दिने आमाको परिवारमा अण्डा सहीत, किसानहरुका लागि उन्नत र छोटो समय मै उत्पादन हुने बीउ विजन सहयोग गरिएको पीसविन साइड कार्यालय प्रमुख समेत रहेका कार्यक्रम संयोजक गोविन्द्र थापाले बताएका छन् ।

बुढीनन्दा नगरपालिका र हिमाली गाउँपालिका ६ हजार १ सय ६८ घरधुरीलाई ८ लाख ५० हजार बराबरको सरसफाइ सामाग्री, ४ सय ५० जना गर्भवती महिलालाई १ लाख ५५ हजार २ सय ५० बराबरको अण्डा वितरण गरिएको छ । स्थानीय तहलाई प्रत्यक्ष रुपमा पनि सहयोग गरिएको छ । स्वास्थ्य संस्था, प्रहरी, पत्रकार तथा अन्य कर्मचारी लगायतलाई ३ हजार ५ सय मास्क पनि वितरण गरिएको छ । पीसविनले बन्दाबन्दीका कारण उन्नत जातका बीउ विजन ल्याउन समस्या परिरहेको बेला बीउ खरिद गरेर पनि सहयोग गरिएको छ ।

छोटो समयमै उत्पादन हुने मकै १३ क्वीन्टल ५० केजी मकै र ३७ क्वीन्टल सीमी सहयोग गरिएको सम्पूर्ण परियोजनाका लेखापाल दानबहादुर धामीले बताएका छन् । कम मेहनत र छोटो अवधी मै उत्पादन गर्न सकिने खालको बीउ सहयोग गरिएको हो ।

पीसविनले नै कोल्टी क्षेत्रका १ सय बढी परिवार अति गरिब मुक्त हलिया तथा मजदुरहरुलाई खाद्यन्न समेत सहयोग गरेको स्थानीय अधिकार कार्यक्रम संयोजक पदम कठायतले बताएका छन् । पीसविनले लक डाउनकै अवधीमा मात्र ठूलो मात्रामा स्थानीय तहलाई राहत स्वरुप सहयोग गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार