योगेश भट्टराई र बिष्णु रिमालको सुरु भयो वाक युद्द! बिष्णु रिमाललाइ योगेशको यस्तो जवाफ

  मूलधार सम्वादाता  401 पटक हेरिएको

काठमाडाैं-  आफूलाई ‘माका फूईं’ भन्ने एमाले नेता विष्णु रिमालालाई एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जवाफ दिनुभएको छ ।

नेता रिमालले योगेश भट्टराइले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी एकता गरी राजनीतिबाट सन्यास लिन दिएको सुझावको प्रतिवाद गर्दै सामाजिक सञ्जाल ट्वीटरमा ‘माका फूईं’ भन्नुभएको थियो ।

आइतबार पेशगत विशेष जिल्ला कमिटीले गरेको कार्यक्रममा सचिव भट्टराईले पार्टी एकतापछि अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकैपटक राजनीतिबाट सन्यास लिन सुझा दिनुभएको थियो ।

ओली र दाहालले पार्टी एकता गरेपछि त्यसभन्दा ठूलो काम गर्ने ठाउँ नै नभएकाले सन्यास लिएर सम्मानित भएर बस्नुपर्ने सचिव भट्टराईले भनाई थियो । भट्टराईको यस्तो धारणाप्रति एमाले नेता विष्णु रिमालले ट्वीटरमार्फत असहमति जनाउनुभएको हो । सोमबार रिमालले ट्वीटरमा ओलीकै सहयोगका कारण चुनाव जित्नेले गुन बिर्सिएको भन्दै आपत्ति जाउनुभएको हो ।

रिमालले आफूलाई प्रयोग गरेको शब्दको जवाफ भट्टराईले ट्वीट मार्फत नै दिनुभएको छ । रिमाललाई चिनेको झण्डै ३५ वर्षमा आफूले उहाँलाई शालिन नेताको रुपमा पाएको तर अहिले उहाँले प्रयोग गरेका शब्दले कुन विष्णु रिमाल हो भन्ने छुट्याउन नसकेको भट्टराईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार