बाजुराको पर्यटन विकासका लागि ४ करोड ५७ लाख बजेट विनियोजन

 87 पटक हेरिएको

बाजुरा । जिल्लामा पर्यटन विकासका लागि संघिय सरकारले ४ करोड ५७ लाख बजेट विनियोजन गरेको छ । १३ वटा योजना निर्माणका लागि यो आर्थिक वर्ष खर्च गर्ने गरी ४ करोड ५७ लाख बजेट पर्यटन विकासका लागि मात्र बाजुरा आउने भएको छ ।

करोडको संख्यामा जिल्लामा पर्यटन विकासका लागि सघिय सरकारबाट पहिलो पटक हो । बडिमालिका देखि खप्तड र सिमकुरु देखि बढालेक क्षेत्रको प्रवद्र्धनका लागि विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको प्रतिनिधि सभा सदस्य लालबहादुर थापाका स्वकिय सचिव सुरेश रोकायाले बताएका छन् ।

खप्तड देखि बडिमालिका क्षेत्र सम्मको पर्यटन प्रर्वद्धनका संरचना तथा क्षेत्र विकास लागि सबैभन्दा बढी २ करोड ६० लाख रुपैया बजेट विनियोजन गरिएको छ । यो परियोजना प्रदेश सरकारसँगको सहकार्यमा थप बजेट जुटाएर सम्पन्न गर्ने लक्ष्य सघिय सरकारले राखेको छ ।

सुदूर पश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य बडिमालिकाको संरक्षण गर्न १ करोड बजेट विनियोजन गरिएको छ । भने खप्तड छेडेदह गाउँपालिका ७ बडालेक क्षेत्रमा पर्यटकीय  पूर्वाधार विकास गर्न ७ लाख रकम विनियोजन गरिएको छ । मार्तडी देखि मार्तडी रावतलवाडाको डाडाँमा रहेको बडिमालिका मन्दिरसम्मको पद मार्गका लागि २ लाख ६५ हजार, हिमाली गाउँपालिकाको

लुवासुर क्षेत्रको पर्यटन विकासका लागि ३ लाख, स्वामिकात्र्तिक खापर गाउँपालिकाको भैरवनाथ मन्दिर पूर्वाधार विकासका लागि ५ लाख, बुढीनन्दा नगरपालिका ४ को सिमकुरु क्षेत्रहुँदै बुढीनन्दा क्षेत्रसम्मको पैदल मार्ग निर्माणका लागि ७ लाख, खप्तड छेडेदह गाउँपालिका ७ सिंगाडादेखि खप्तडसम्मको पद मार्ग निर्माणका लागि ७ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै मार्तडीदेखि बडिमालिका जाने पद मार्गका लागि ७ लाख, बडिमालिका नगरपालिका बलमष्टा पूर्वाधार विकासका लागि ८ लाख ३५ हजार चैतपीपल मद्यिनर निर्माणका लागि २० लाख, खप्तड क्षेत्रको शिवमन्दिर परिसर निर्माणका लागि २० लाख, खप्तड मुस्ताङ पर्यटन सहकार्य अध्ययनका लागि १० लाखबजेट विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार