त्रिबेणी सहकारीले छुट सुविधा दिदै

 140 पटक हेरिएको

बाजुरा । त्रिबेणी बचत तथा ऋण सहकारी संस्थालि.मार्तडीले शेयर सदस्य तथा बचत कर्तालाई ऋणको ब्याजमा १० प्रतिसत छुट दिएको छ । त्यसै गरी विद्युत तर्फका ग्राहस्थ तथा उद्योगीलाई पनि २० प्रतिसत रकम सम्म छुट सुबिधा दिएको हो । सञ्चालक समितिको बैठकले शेयर सदस्यले लिएको ऋणमा र विद्युत ग्रहास्थ तथा औधोगिक तर्फ छुुट दिने उक्त निणर्य भएको हो ।

विश्वमाकोरोना सँक्रमणअर्था कोभिड १९ काकारण मानव जनजीवन अस्त ब्यस्तबन्दै गएकोअबस्थामध्यनजर गर्दै सदस्य हितका लागि यो सुबिधा ल्याएको संस्थाका अध्यक्ष अशोक कुमार रावलले बताएका छन् ।  कोरोनाले देश लकडाउन छ । ब्यापार ब्यसाय उद्योग धन्दा ठप्पछन् कृषकको आय श्रोत अत्यन्त न्युन्छ राहात स्वरुप छुट दिएकाहौं संस्थाका अध्यक्ष रावलले बताएका छन् ।

संस्था लि. ले ८० प्रतिसत भन्दा बढी रकम ब्यबसायिक ऋणमा लगानी गरेकोले गत चैत्र देखि साना ब्यपारीहरु लकडाउन अर्थात बन्दा बन्दीको मारमा छन् । सदस्य हितका लागि लकडाउन अबधी भर छुुट शुबिधा दिन उक्त निणर्य गरेको संस्थाका ब्यबस्थापक दयाराम पण्डितले बताएका छन् ।

त्यसै गरी दैनिक ज्याला मज्दुरी गरी पेट पाल्ने शेयर सदस्यले खाद्यन्नजोहो गर्ने शेयर सदस्यलाई तत्कालन्युनतम रकम तत्काल भुक्तानी गरेको संस्थाका लेखापाल गगन अयडीले बताएकाछन् । शेयर सदस्यलाइ आबस्यक पर्दा गर्जोटार्न न्युन आय भएका सदस्यका लागि राहत पुग्ने विश्वास सहकारीको छ ।

लकडाउनको समयमा ग्राहकले संस्थाको फोन ०९७५४१०१० कार्यालय प्रमुख, ०९७५४१०१२ काउन्टर सेवा वा ०९७५४१११७ लेखामा सम्पर्क गरी मिटरको ग्राहक संख्या र मिटरमा देखिएको अंक टिपाउन सक्ने जानकारी गराएको छ । रकम भुक्तानी गर्न आउँदा विद्युतका ग्राहकलाई कुल रकमको २० प्रतिसत रकम छुट दिने पनि सहकारीले बताएको छ ।

त्रिबेणी सहकारी संस्थालिका हाल १४२७ शेयर सदस्य छन् भने बाल, ऐच्छिक र दैनिक बचत गरी २८६५ सदस्यसँग बचत कारोवार गर्दै आएको छ । १० करोड २५ लाख ६४ हजार बढिको कारोवार गरिरहेको यस संस्था लिमिटेडले ५६६ शेयर सदसयलाई आठ करोड ३९ लाख रुपैंया वरावर ऋण लगानी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार