कोरोनाका सङ्क्रमित दोब्बर, सङ्क्रमितको संख्या २१ सय नाघ्यो

  मूलधारपोष्ट  109 पटक हेरिएको

काठमाडाैं ।  नेपालमा कोरोना संङ्क्रमितको सङ्ख्या पाँच दिनमा नै दोब्बर भएर संख्या २१ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप दुई सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो साँझा झापामा थप ५ जनामा कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुुई हजार एक सय ४ पुगेको हो ।

संक्रमित हुनेमा सैबभन्दा धेरै रौतहटमा ७४, सुर्खेतमा २७, सर्लाहीमा २१, सल्यानमा १८, सिरहा, बाँके र दाङमा १७–१७, कपिलवस्तुमा १६, रुपन्देही, कैलाली अछाममा १०/१० जना, दैलेखमा ९, स्याङ्जा र कञ्चनपुरमा ८/८, धनुषामा ६, झापामा ५, बर्दियामा ३, महोत्तरी र नुवाकोटमा २/२, सप्तरी, बारा, प्युठान, भक्तपुर, धादिङ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा एक–एक जनामा कोरोनाको संक्रमण देखिएको हो ।

त्यसैगरी काठमाडौँ मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुुभयो ।

डा देवकोटाका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित भएकामध्ये २ सय ६६ जना स्वस्थ भएका छन् । मङ्गलवारसम्मको स्थितिमा नेपालको कु सङ्क्रमण सङ्ख्या दक्षिण एशियाली मुलुकहरू भुटान, माल्दिभ्स र श्रीलङ्कामा भन्दा धेरै भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार