क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु

 125 पटक हेरिएको

बैतडीमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्चाैडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी टनाकै २२ बर्षिय सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो । मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए । लुहारको अवस्था हिजो सामान्य रहेपनि आज बिहानै मृत्यू भएको उनले बताए ।

मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै स्वदेश फर्किनु भएको थियो । उहाँ जेठ १८ गतेदेखि क्वारेन्टाइनमा बसीरहनुभएको थियो । मृतकसंगै उनका श्रीमान र १८ महिने बच्चा पनि क्वारेन्टाइनमै बसीरहेका थिए । मृतक भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको भएपनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन नगरेको उहाँका श्रीमान हरिश लुहारले बताए ।

मृतको लुहारको स्वाब संकलन गर्ने तयारी भईरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

बाजुरा-३२ सय ४७ जना क्वारेनटाइन र २ जना आइसोलेसनमा, १ सय ८७ जनाकाे स्वाव संकलन,
कोरोना संक्रमणका कारण २ वर्षकी बालिकाको मृत्यु भएसँगै जिल्लामा उच्च सतर्कता अपनाइएको छ । सुरक्षा सावधानी देखि आवत जावतमा पूर्ण रुपमा प्रतिबन्द गरिएको छ । भने धुरालसैन माविलाई सिल गरिएको छ ।

मार्तडी बजार क्षेत्रमा हिँडडुल देखि बाहिर निस्कन समेत रोक लगाइएको छ । भने सुरक्षा सतर्कता समेत उच्च पारिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् । जिल्लाका ९ वटा स्थानीय तहका १ सय ३५ क्वारेनटाइनमा ३ हजार २ सय ४७ जना बसिरहेका छन् ।

त्यस्तै आइसोलेसनमा २ जना रहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । जसमा धुरालशैन माबि क्वारेन्टीनमा रहेका ६१ जना महिला १ सय २६ जना पुरूष गरी १ सय ८७ जनाकाे स्वा संकलन गरी प्रादेशीक अस्पताल धनगढी पठाएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

क्वारेन्टाइनमा बसेका मध्ये अधिकांश भारतबाट आएका र केही जिल्ला बाहिर काम र अध्ययननको शिलशिलामा आएकाहरु रहेको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । उनीहरुलाई १४ दिन क्वारेनटाइनमा राखेर परिक्षण पछि घर पठाइने भएको छ । सांकेतिक तस्विर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार