संक्रमित महिलासंग आएका एक सय ८५ जनाको स्वाब संकलन

  मूलधारपोष्ट  104 पटक हेरिएको

कोरोना संक्रमणका कारण मृत्यु भएकी २ वर्षकी बालिका बसेको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरिएको छ । बुढीगंगा नगरपालिका–१ की २३ वर्षीया महिला र दुई वर्षीया बालिकामा कोराना संक्रमण देखिएपछि उनीसंगै आएकाहरुको पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको हो ।

मृतक बालिका र २३ वर्षीया महिलासंग गाडीमा आएका धुरालसैन माध्यमिक विद्यालयको क्वारेन्टिमा बसेका एक सय ८०, साहेी नगरपलिका २ बजेडी आधारभुत माध्यमिक विद्यालयमा बसेका एक जना,थुमा माविको क्वारेन्टिनमा बसेका तीन जना र त्रिवेणी नगरपालिका–३ पुर्भुताको धलपुरी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका एक जना गरी एक सय ८५ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी प्रदेशको प्रयोगशाला पठाइएको जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।

पन्तले दिएको जानकारी अनुसार संक्रमित व्यक्तिसंग आएकाहरुको स्वाब संकलन गर्न स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली सो क्षेत्रमा गएको बताए । स्वाब संकलन गरिएका सबैको पिसिआर परिक्षणका लागि धनगढी पठाइएको छ ।

आइसोलेसनमा मृत्यु भएकी बालिकासंगै रहेकी आमामा संक्रमण देखिएको भएपनि मृतक बालिकाका बुवालाई भने कोरना संक्रमण नभएको जनस्वास्थ्य अधिकृत पन्तको भनाई रहेको छ ।

धुरालसैन माध्यमिक विद्यालयको क्वारेन्टिन सिल गरिएको छ । नगरपालिकाको–१ वडालाई नै स्वाब संकलनको पिसिआर रिपार्ट आउन्जेल सम्मका लागि पुर्ण रुपमा सिल गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपक विक्रम शाहले बताएका छन् ।

जोखिम न्युनिकरण गर्नका लागि थप कडाइका साथ सिल गरिएको शाहको भनाई रहेको छ । कोरना संक्रमणका कारण बालिकाको मृत्युसंगै महिलामा संक्रमणको पुष्टि भएकाले स्थानीयहरु त्रसित बनेका छन् । संक्रमणका कारण सो क्षेत्रमा रहेका स्थानीयहरु निराश भएका छन् ।

स्वास्थ्य कर्मीको टोली गएर स्वाब संकलन सहीत क्वारेन्टाइनमा बसेकाहरुको चेक जाँच तथा स्वास्थ्य अवस्था बारे पनि जानकारी लिने कार्य गरिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । कोरोनाबाट मृत्यु भएकी बालिका आएको दिनमा नौ वटै स्थानीय तहका ३ सय ७१ जना जिल्ला बाहिरबाट भित्रिएका थिए । १३ गते गौरिफन्टा नाकाबाट नेपाल आएका बालिकाका परिवार १४ गते बाजुरा पुगेका थिए ।

त्यसैदिन मात्र धुरालसैनमा माबिको क्वारेनटाइनमा ५४ जना बसेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । धुरालसैन क्वारेनटाइनमा अहिले ६१ महिला र १ सय २४ पुरुष गरी १ सय ८५ जना रहेको बताईएको छ । क्वारेन्टाइन सिल गरिएसँगै स्वाब संकलन कार्यमा बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाह सहीतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार