कोरोना संक्रमितलाई कुनै लक्षण छैन

  मूलधारपोष्ट  139 पटक हेरिएको

बाजुरा । पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका २३ वर्षकी महिलाले आफूमा कुनै लक्षण नदेखिएको बताएकी छन् । जिल्ला अस्पताल बाजुराको आइसोलेशन कक्षमा बसेकी महिलाले आफूलाई कुनै लक्षण र असहजता नदेखिएको बताएकी छन् ।

तर सँगै रहेकी २ वर्षकी छोरीको भने कोरोना कै कारण मृत्यु भईसकेको छ । ती महिलासँगै ज्यान गुमाएकी छोरी र उनका श्रीमान आइसोलेशनमा बसेका थिए । पिसिआर जाँचमा श्रीमान कोरोना देखिएको छैन् । छोरीलाई पखाला, ज्वरो, श्वासप्रश्वास जस्ता समस्या देखिएपनि आफूमा कुनै समस्या नभएको र शारिरीक रुपमा पनि विरामी जस्तो अनुभव नभएको स्वास्थ्य कर्मीसँग बताउने गरेकी छन् ।

सुरक्षा र चेकजाँचमा सक्रिय स्वास्थ्य कर्मीको टोलीका अनुसार शारिरीक अस्वस्थता पनि नभएको र लक्षण पनि कुनै नदेखिएको बताएकी छन् । ती महिलाको परिवार जेष्ठ १४ गते भारतको दिल्लीबाट नेपाल फर्किएका थिए ।

कोरोना संक्रमण पिसिआर जाँचमा देखाएपनि आफुलाई नलागेको हुन सक्ने ती महिलाको जिकीर छ । उपचारमा खटिएका डा. रुपचन्द्र बिश्वकर्माले पनि महिलामा कुनै लक्षण र समस्या नदेखिएको बताएका छन् । तर पिसिआर जाँचमा नेगेटिभ नआएसम्म भने स्वास्थ्य कर्मीको निगरानीमा चेकजाँच गर्ने र आइसोलेशनमै राखिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार