२९ सय ९८ जना क्वारेनटाइन र २ जना आइसोलेसनमा

  मूलधारपोष्ट  91 पटक हेरिएको

बाजुरा । कोरोना संक्रमणका कारण २ वर्षकी बालिकाको मृत्यु भएसँगै जिल्लामा उच्च सतर्कता अपनाइएको छ । सुरक्षा सावधानी देखि आवत जावतमा पूर्ण रुपमा प्रतिबन्द गरिएको छ । भने धुरालसैन माविलाई सिल गरिएको छ ।

मार्तडी बजार क्षेत्रमा हिँडडुल देखि बाहिर निस्कन समेत रोक लगाइएको छ । भने सुरक्षा सतर्कता समेत उच्च पारिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् । जिल्लाका ९ वटा स्थानीय तहका १ सय ३१ क्वारेनटाइनमा २ हजार ९ सय ९८ जना बसिरहेका छन् ।

त्यस्तै आइसोलेसनमा २ जना रहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । जसमा ७ सय ४६ जना महिला र २२ सय ७१ जना पुरुष क्वारेनटाइनमा छन् । त्यस्तै २ सय ७७ जना बालबालिका १३ जना गर्भवति महिला क्वारेन्टाइनमा छन्, भने १९ जना जेष्ठ नागरिक रहेका छन् ।

क्वारेन्टाइनमा बसेका मध्ये अधिकांश भारतबाट आएका र केही जिल्ला बाहिर काम र अध्ययननको शिलशिलामा आएकाहरु रहेको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । उनीहरुलाई १४ दिन क्वारेनटाइनमा राखेर परिक्षण पछि घर पठाइने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार