महिलाले जन्माइन् क्वारेन्टाइनमै बच्चा

  मूलधारपोष्ट  96 पटक हेरिएको

बाजुरा जिल्लाकाे त्रिबेणी नगरपािलकामा क्वारेन्टाइनमै एक महिलाले बच्चा जन्माएकी छन् । साेही नगरपालिकाकी २३ बर्षिया महिला प्रमिला नेपालीले क्वारेन्टाइनमै बसकाे बेला बच्चा जन्माएकी हुन ।

भारत बाट अाएर क्वारेन्टाइनमा बसेकाे अबस्थामा महिलाले बच्चा जन्माएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर राेकायाले बताए ।

हाल महिलाकाे र्यापिट टेस्ट निगेटिभ देखीएकाेले हाल उनलाइ छुट्टै ठाउँमा राखीएकाे प्रहरी निरीक्षक राेकायाले बताए । उनकाे अबस्था सामान्ने रहेकाे प्रहरीले जनाएकाे छ । जिल्लामा रहेका क्वारेन्टन सुरक्षित नहुदा संक्रमण फैलिने सम्भावना बढि रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार