बडीमालिकाले अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने

  मूलधारपोष्ट  121 पटक हेरिएको

जिल्लाको बडीमालिका नगरपालिकाले अति अत्यावश्यक सेवामा पर्ने स्वास्थ्य सेवा बाहेकका सेवा बन्द गर्ने भएको छ । आज दिउसो एक विज्ञप्ती जारी गर्दै नोबेल कोरोना भाईरस (कोभिड–१९) को प्रभाव दिन प्रतिदिन बढ्दै गएकाले वर्तमान अवस्थामा जिल्लामा पनि भारतबाट आउने क्रम बढेकाले अति आवश्यक सेवा बाहेका सेवा बन्द गर्ने प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ।

कोरोनाको संक्रमण समेत जिल्लामा देखिन थालेकोले जेठ १९ देखि २३ गते सम्मका लागि नगरपालिकाबाट प्रदान गरिने स्वास्थ्य सेवा सहित अत्यावश्यक सेवा बाहेकका अन्य सवै सेवा पूर्ण रुपमा बन्द गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले गरेको हस्ताक्षेरीत बिज्ञप्तीमा भनिएको छ। बडिमालिका नगरपालिका जिल्ला सदरमुकाम मार्तडीमै पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार