कोरोना संक्रमणबाट बालिकाको मृत्यु, आमालाई पनि कोरोना पुष्टि

  मूलधारपोष्ट  173 पटक हेरिएको

जिल्ला अस्पताल बाजुरामा आइसोलेसनमा राखिएको बालिका कोरोना बाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षिय बालिकाको आईतवार बिहान मृत्यु भएको होे । बालिकाको सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो । आईतवार दिउँसो आएको रिपोटमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

मृतक बालिकाकि २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोट भने नेगेटिभ आएको छ । मृतक बालिका आमा र बुवाको लाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब धनगढी पठाईएको थियो ।

बुढिगङ्गा नगरपालिका– १ धुरालसैनमा माविको आइसोलेसनमा जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा रहेको जेठ १५ गते साझँ राखिएको थियो । २ बर्षका उक्क्त बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित रहेका थिए ।

बच्चाको उपचार गरिरहेकै थियौं, अबस्था निकै चिन्ताजनक रहेको थियो उनलाई बचाउन नसकिएको उपचार संलग्न चिकित्सकको भनाई छ । ८ दिन अगाडी उनको परिवार भारतबाट आएका थिए । भारतबाट आएर बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो, बच्चा बिरामी भएपछि, बिहिवार साझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार