डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेडले गर्यो राहत सहयोग

  मूलधारपोष्ट  170 पटक हेरिएको

बाजुरा । डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेड बाजुरा शाखाद्धारा बडिमालिका नगरपालिकामा राहत साम्रगी हस्तान्तरण गरिएको छ । संस्थाले सामाजिक उत्तरदाईत्व अन्तरगत राहत साम्रगी हस्तान्तरण गरेको  बित्तिय संस्था लिमिटेड बाजुरा शाखा प्रमुख रामहरी पराजुलीले बताएका छन् ।

कोरोना भाईरसको रोकथाम तथा बडिमालिका नगरपालिका वडा ८ लाई राहत साम्रगी हस्तान्तरण गरी नगरपालिका भरीका बिपन्न तथा मजदुरलाई बितरण गर्ने गरी राहत साम्रगी हस्तान्तरण गरेको पराजुलीले जानकारी दिलएका छन् ।

बडिमालिका नगरपालिका वडा ८ मा रहेका क्वारेन्टाइन ब्यबस्थापनका लागि भने सो साम्रगी हस्तान्तरण गरीएको बाजुरा शाखा प्रमुख पराजुलीले जानकारी दिएका छन् । राहत साम्रगीमा चामल दाल तेल नुन गरी २० हजार बराबरको साम्रगी एक कार्यक्रमका बिच वडा न ८ कबा वडा अध्यक्ष प्रकाश रावललाई हस्तान्तरण गरीएको संस्थाका प्रमुख पराजुलीले जानकारी दिएका छन् ।

राहत साम्रगी बुझ्दै वडा अध्यक्ष प्रकाश रावलले नाफामुलक संस्था भए पनी मानबिय सेवामा लागेको संस्थालाई धन्यबाद समेत ब्यक्त गरेका छन् । संस्थाले जुन उदेस्यमा राहत दिएको छ सोही बमोजिम लाभ दिन सक्ने नागरिकलाई सो राहत बितरण गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार