नेपालमा एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि

, संख्या ७ सय ७२ पुग्यो

  मूलधारपोष्ट  151 पटक हेरिएको

नेपालमा एकैदिन ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित्र प्रेस जानकारीको क्रममा नेपालमा हालसम्मकै धेरै ९० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यसअघि ८३ जनामा एकैपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा प्रदेश २ का ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । संक्रमितहरु महोत्तरीका २ जना पुरुष, जुम्ला स्थायी ठेगाना भएका हाल बारामा बस्ने २ जना, बारा पचरौताका ३ जना पुरुष, रौतहटका २२ जना पुरुष, सिरहाका ५ जना पुरुष, धनुषाका एक जना पुरुषहरु रहेका छन् ।

यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना, रुपन्देही प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ७ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १२ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्लाकै मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ भने ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । यस्तै नेपालमा कोरोना संक्रमित भएकामध्ये १ सय ५५ जना स्वस्थ भएका छन् । डा.देवकोटाले नेपालका विभिन्न अस्पतालमा गरि हालसम्मकै धेरै ५ सय ८२ जना आइसोलेसनमा रहेको बताउनुभयो । यस्तै नेपालमा हालसम्म पिसिआर विधिबाट ५४ हजार ४ सय २४ नमूना परीक्षण गरिएको छ भने ५७ हजार ९ सय ६७ दू्रत परीक्षण गरिएको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार