नेपालमा आज थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

  मूलधारपोष्ट  124 पटक हेरिएको

नेपालमा आज थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार सुर्खेतमा १२ जना र सिरहामा ५ जनामा संक्रमण भेटिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९९ पुगेको छ ।

सुर्खेतको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर वडा नम्बर १, २, ३ र ६, का ८ जना, भेरीगंगा नगरपालिकाका वडा नम्बर ८ का २ जना र सिम्ता गाउँपालिकाका वडा नम्बर ४ का २ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरु ९ देखि ४६ बर्ष उमेरका रहेको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार संक्रमित सबै केही दिन अघि मात्रै भारतबाट आएका हुन् । संक्रमितहरुलाई कोरोना विशेष अस्पताल कालागाउँको आइसोलेशनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । योसँगैकर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार