बाजुरामा ६ सय १८ जना क्वारेन्टाइनमा

  मूलधारपोष्ट  358 पटक हेरिएको

बाजुरा । जिल्लाका नाै वटै स्थानिय तहका ३६ वटा क्वारेनटाइनमा ६ सय १८ जना बसिरहेका छन् । भारत बाट जिल्लामा आउनेको संख्या बढेपछि क्वारेनटाइनमा बस्नेको संख्या पनि बढेको हो । सोमबार साझसम्म ६ सय १८ जना भएपनि त्यो संख्या थपिदै जाने जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायब निरिक्षक दान बहादुर रोकायाले जानकारी दिनुभयो।

क्वारेनटाइनमा ८४ जना महिला र ४ सय ६४ जना पुरुष रहेको छन् । त्यस्तै ६० जना वालवालिका क्वारेनटाइनमा रहेका छन् । अहिले क्वारेनटाइनमा बसेका अधिकांश भारतबाट आएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । १४ दिन क्वारेनटाइनमा राखेर परिक्षण पनि घर पठाउने रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तको भनाइ छ ।

क्वारेनटाइनमा बस्नेको नियमित चेकजाँच गर्नुपर्ने भएपनि स्वास्थ्यकर्मीको ब्यबस्थापन नगरेको पाईएको छ । चिकित्सकको अनिवार्य निगरानिमा हुनुपर्ने भएपनि बाजुराको कुनै पनि क्वारेनटाइन चिकित्सकको निगरानि नभएको पाईएको छ । जिल्ला चिकित्सकको संख्या कम भएकाले पनि समस्या भएको पाईएको छ ।

क्वारेनटाइनमा बस्ने संख्या बढेको भएपनि क्वारेनटाइनको ब्यबस्थापन भने निकै फितलो रहेको छ । बस्ने ब्यबस्थापन देखी खाद्यन्न समेत राम्रो नभएको समचार आइरहेका छन् । ३६ क्वारेनटाइन मध्ये अधिकांशमा सामान्य ब्यबस्थापन पनि नभएको पाईएको छ । अर्को क्वारेनटाइनको कुनै पक्ष बाट पनि अनुगमन नभएको पाईएको छ । सम्बन्धित स्थानिय तह, जिल्ला समन्वय समिति जिल्ला प्रशासन लगायत निकायहरुले अनुगमन गर्नुपर्ने भएपनि कसैले अनुगमन नगरेको क्वारेनटाइनमा बसिरहेकाले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार