रेडियो बुढीनन्दामा आगलागी, २४ लाख बराबरको क्षति

  मूलधारपोष्ट  211 पटक हेरिएको

बाजुरा स्थित बुढीनन्दा नगरपालिका २ कोल्टीमा सञ्चालित सामुदायिक रेडियो बुढीनन्दामा गएराती आगलागी भएको छ । राती १२ बजेपछि विजुलीको तार सर्ट भएर आगलागी भएको रेडियो सञ्चालक समिति अध्यक्ष सर्पलाल गिरीले बताएका छन् ।

आगलागीका कारण रेडियोका सम्पूर्ण उपकरणहरु जलेर नष्ट भएका छन् । प्रहरी प्रतिवेदनका अनुसार २४ लाख ४५ हजार बराबरको क्षति भएको रेडियोका स्टेशन म्यानेजर नहकुल जोशीले बताएका छन् । रेडियो बन्द गरेर गईसकेपछि विद्युतीय तारबाट आगलागी भएको अनुमान गरिएको छ ।

रेडियो सञ्चालक समिति अध्यक्ष सर्पलाल गिरी सहीत उनको परिवार पनि सोही घरमा सुतिरहेको बेला आगलागी भएको हो । राती एकाएक आगोको मुस्लो देखिएपछि अध्यक्ष गिरी सहीत परिवारलाई भने केही हुन पाएन् ।

आगलागी बाट रेडियोको ट्रान्समिटर, २ वटा युपिएस, एक वटा स्टपलाइजर सहीतका रेडियो उपकरणमा क्षति पुगेको छ । भने ८ वटा सोलार व्याट्री, १२ वटा सोलार पाला विद्युतीय तारहरु, टेलिफोन लाईन, हाइबे्रड सहीतका सबै समान जलेर नष्ट भएका छन् ।

सिंगो स्टुडियो नै आगलानीका कारण ध्वस्त भएपछि रेडियोको प्रशारण समेत पनि विहानबाट अवरुद्ध भएको छ । रेडियो स्टेशनमा कोल्टीको विद्युत भरपर्दो नहुँदा पीपलडाली विजुली पनि जडान गरिएको थियो ।

रेडियो उपकरणहरु अधिकांश जलेर काम नलाग्ने अवस्थामा पुगेका छन् । भने केहीको आधा भाग जलेको अवस्था छ । २०७३ जेष्ठ १५ गतेबाट नियमित प्रशारण सेवामा रहेको रेडियो बुढीनन्दाले आगलागीबाट ठूलो क्षति बेहोर्नु परेको छ ।

सामुदायिक रेडियो हो, तत्काल लगानी लगाएर प्रशारण गर्ने अवस्था नै नरहेको अध्यक्ष सर्पलाल गिरीले बताएका छन् । लक डाउनका कारण काठमाडौ आउन जान समेत सजिलो छैन्, जावत जावत भएपनि आर्थिक श्रोत अभावले सबै एकसाथ जोड्न गाह्रो हुने गिरीको भनाई छ ।

माथि उठ्न समेत समस्या देखिएको छ । २०७३ सालमा स्थापना भएको हो । जेष्ठ १५ गतेबाट प्रशारण सेवा अवरुद्ध गरिएको थियो । कोल्टी क्षेत्रका चार वटा स्थानीय तहको सूचना प्रवाहको प्रमुख साधानका रुपमा रहेको रेडियो बुढीनन्दामा भएको आगलागी प्रति स्थानीय जनप्रतिनिधी र सुभेच्छुकले दुख व्यक्त गरेका थिए । यस अघि बुढीगंगा नगरपालिका ९ मा रहेको रेडियो बार्जुमा चट्याग पर्दा पनि ९ लाख ३५ हजार रुपैया बराबरको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार