संकट सबैका लागि हो, सबै मिलेर सामना गरौं : नेकपा नेता बोहरा

  मूलधारपोष्ट  211 पटक हेरिएको

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुरा जिल्ला कार्यालय सदस्य जनक कुमार बोहराले यतिबेला आस्था र विचारमा अल्झिएर सीमित स्वार्थमा रमाउने समय नभएको बताएका छन् । सिंगो मानव जातिको अस्तित्व संकटमा परिरहेको बेला राजनीतिक आस्था र स्वार्थलाई त्यागेर मानव जातिको रक्षा नै अहिलेको आवश्यकता भएको बोहराको भनाई छ ।

मानव जाति रहेमात्र राजनीति हुने, पद प्रतिष्ठा कमाउन सकिने भएकोले पहिलो कुरा मानव जातिको रक्षा नै भएको बोहराको जोड छ । संकट सबैका लागि हो, कुनै जाति, भूगोल र स्थान वा व्यक्ति विशेष छैन्, त्यस कारण सबै मिलेर सामुहीक सहकार्यका साथ लाग्नुको विकल्प नरहेको बताएका छन् ।

नेकपा बुढीनन्दा नगर कमिटीले घरमै पुगेर उपचार सेवा दिने अभियानबाट फर्किएका बोहराले मानवीय सेवाका लागि सञ्चालन गरिएको परोपकारी कार्य भएको बताएका छन् । लक डाउनको समयमा नियम विरुद्ध काम गरियो भन्ने विरोध पनि भयो, तर मानव स्वास्थ्यको सुरक्षाका लागि गरिएको कार्य भएकोले विरोधले कुनै अर्थ नराख्ने बताएका छन् ।

औषधी लिने, उपचार गर्ने आधिकारिकता के हो भन्ने प्रश्न पनि गरिए छ, तर हामीसँगै सबै मेडिकल काउसिन्लबाट प्रमाणित जनशक्ति नै थियो, वर्षौदेखि उपचार नपाएका र लक डाउनका कारण स्वास्थ्य संस्था पुग्न पाएकाहरुलाई सेवा दिन पाउँदा खुसी लागेको जिल्ला बार एसोसिएसनका उपाध्यक्ष समेत रहेका बोहराले बताएका छन् ।

जन सचेतना र सामान्य रोगबाट मर्न नपरोस भन्ने उदेश्य लिएर गाउँ गएको र दुरदराजमा पुगेर सेवा दिन पाउँदा खुसी लागेको बोहराको भनाई छ । बुढीनन्दा नगरपालिका साविक पाण्डुसैन बाहेक क्षेत्रमा अभियान सञ्चालन गरिसकिएकोले ४ हजार ३ सय ३९ जनाको उपचार गरिएको बोहराले जानकारी गराएका छन् ।

नगर कमिटीले स्वास्थ्य स्वयम सेवक खटाएर काम गरेको विषयलाई राजनीति रंग दिन जरुरी नभएको बताएका छन् । राजनीति चुनाव आएको बेला गरौंला, अहिले सेवा गरौं, सबै बचौं र मानव जातिको रक्षाका निम्ति लागौं बोहराले रेडियो बाजुरासँग भन्नु भयो ।

पार्टीको निर्णयमा अभियान सञ्चालन गरेपनि लक डाउनको उल्लङघन नगरी वृद्धवृद्धाको जीवन रक्षाका लागि काम गरेकोले आरोप प्रत्यारोपले कुनै अर्थ नराख्ने बताएका छन् । बोहराले राहत वितरणको मापदण्ड उचित नभएको बताएका छन् । झण्डा बोकेर चुनाव चिन्ह् बोकेर गाउँ गएको जस्तो हल्ला फैलाएको आरोप लगाएका छन् ।

मजदुर र अति विपन्न बाहेकका परिवारलाई राहत वितरण गर्नु उचित हो, वा होइन् अनुसन्धानको विषय हो, तरपनि हामी आफू गरिखान सक्ने, स्थायी जागिर भएका र राम्रो आम्दानी भएकाहरुले पनि राहतको अपेक्षा राख्नु गरिब मानसिकता भएको बताएका छन् ।

बोहराले क्वारेन्टाइनको व्यवस्थापन राम्रो नभएको बताएका छन् । मान्छेले रोग र भोकसँग पनि लड्नु पर्ने अवस्था आइलागेकोले उत्पादन र कृषि क्षेत्रलाई जोड दिनु पर्ने बताएका छन् ।

लक डाउन भनेर कोठामा बस्ने, सेल्फीमा सीमित हुने बेला होइन्, सबैले सुरक्षित बस्ने र अरुलाई सहयोग गर्ने बेला भएकोले आरोप प्रत्यारोपमा नलाग्न आग्रह गरेका छन् । बोहराले कोरोनाको जोखिम बढिरहेकोले आवश्यक पर्दा नेकपाले युवा परिचालन गर्ने बताएका छन् ।

अर्को प्रसंगमा बोहराले नेकपाले कर्मचारीलाई असहयोग गरेको भन्ने आरोप झुटो भएको बताएका छन् । फुलमाला लगाएर पनि कर्मचारीको विदाइ गर्ने पार्टी नेकपा भएको स्मरण गर्न अनुरोध गर्दै बोहराले दलिय सेवा गर्ने कर्मचारीलाई राम्रो भन्न नसकिने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार