काँग्रेसले नेकपालाई नैतिकता सिकाउन जरुरी छैन : नेकपा नेता थापा

  मूलधारपोष्ट  77 पटक हेरिएको

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता भरत थापाले नैतिकता, जिम्मेवारी र भूमिकाको पाठ काँग्रेसले सिकाइ रहन जरुरी नभएको बताएका छन् । भ्रम र पूर्वाग्रहको कुण्ठा बोकेर राजनीति गर्ने पार्टीले नेकपालाई नीति, नैतिकता बारे पाठ सिकाउने कुरा हास्यस्पद हुने बताएका छन् । नेकपा बाजुरा सचिव भरत बुढालाई क्वारेन्टाइनमा नबसेको र शक्तिको दुरुपयो गरिएको आरोप तर्फ संकेत गर्दै थापाले राजनीतिक आस्थाका आधारमा मात्र नियम लागु हुने कुराको अन्त्य आवश्यक रहेको बताएका छन् ।

सचिव जी सुरक्षित एकान्त बासमा बसिराख्नु भएको छ, उहाँ प्रतिको आरोप राजनीति प्रतिशोध मात्रै हो, त्रिवेणी नगरपालिकाले आफ्ना आइडी, लेखापाल र रोजगार संयोजकलाई क्वारेन्टाइनमा किन बसाएन, थापाले नगरपालिकालाई प्रति प्रश्न गरेका छन् । कोरोनाले गरिब, धनी, ठूलोसानो कसैलाई नजिक टाढा भन्दैन्, यो महामारी सबैका लागि विनाशकारी छ, तरपनि राजनीतिक आस्थाका आधारमा सर्ने र नसर्ने जस्तो व्यवाहार गर्नेहरुलाई जनताले नै जवाफ दिने घुमाउरो रुपमा चेतावनी दिएका छन् ।

नेकपा जिल्ला तहका नेताहरु मध्ये प्रष्ट वक्ताका रुपमा चिनिएका थापाले राजनीति गर्ने र जिम्मेवारी बाहिर रहेर काम गर्ने कर्मचारीका विरुद्ध अनेरास्ववियू र युवासंघको उजुरीमा नेकपाको समर्थन रहेको रेडियो बाजुरासँग कुरा गर्दै थापाले बताएका छन् । तथ्य र प्रमाणलाई नै अघि सारिएको हो, केही कर्मचारीले जिम्मेवारी बिर्सिएको अवस्था छ, त्यही कारण एक जनाले रातारात जिल्ला नै छोड्नु पर्यो, राष्ट्रिय अनुसन्धानका अधिकृत डिएस्पी मोहन आचार्य तर्फ संकेत गर्दै थापाले भन्नु भयो ।

जिल्लाको समृद्धी र विकास अनि शिक्षा जागरणमा सक्रिय रहेका इमान्दार कर्मचारी माथि पूर्वाग्रह साँट्ने काम गरेर नेविसंघले गलत गरेको र त्यसको जवाफ जिम्मेवार निकायले नै दिने धारणा राखेका छन् । समाज विकास र सामाजिक सेवामा सक्रिय गैर सरकारी संस्था र सहकारी संस्था प्रति आरोप लगाउनु विशुद्ध घृणित कार्य भएको बताएका छन् ।

केही कर्मचारीहरुले लेटर प्याडकै बेइज्जीत गर्ने काम गरेको आरोप थापाको छ । कमजोरी लुकाउन नगरपालिकाले नै लेटर प्याड प्रयोग गर्नु नैतिक बेइमानी र लज्जाको विषय रहेको बताएका छन् । थापाले आफू विरुद्ध आरोप लगाउने र नेकपालाई नैतिकता सिकाउनेहरुलाई गिद्धी विनाका खोपडी भएकाको संज्ञा दिएका छन् । जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष समेत रहेका थापाले आफ्नो नाम जोडेर नै ज्ञापन पत्र लेखिएको सुन्नमा आएकोले त्यसको कुनै अर्थ नरहने बताएका छन् ।

अस्पतालको आफ्नो जमिन फिर्ता गराउने देखि कोरोनाको उपचारमा जिल्ला अस्पताल सक्षम र पूर्ण तयारीका साथ लागि परेको बताएका छन् । अस्पताल परिसरमा खेल खेल्ने, प्रवेश दिने नदिने जस्ता विषय राखेर ज्ञापन पत्र बुझाउनुले पूर्वाग्रह मात्रै राखिएको पुष्टी भएको बताएका छन् । थापाले क्वारेन्टाइनको व्यवस्थापन र सुरक्षा संवेदनशिलतामा स्वास्थ्य कार्यालय र स्थानीय तह समयमै जिम्मेवार हुनु पर्ने सुझाव दिएका छन् ।

स्वास्थ्य कर्मीलाई बिशेष सहुलियत दिने सरकारी नीति अनुसार नै निर्णय कार्यान्वयनमा प्रतिवद्ध रहेको बताएका छन् । थापाले नेकपा भित्रको विचार संघर्षलाई गुट उपगुट र पार्टी फुटको संज्ञा दिनु गलत व्याख्या हुने बताएका छन् । समृद्धीको सपना पुरा गर्न र जिल्लाको विकासमा प्रतिवद्ध भएर लाग्ने विषयमा नेकपा भित्र कुनै प्रकारको गुट नभएको प्रमाणित गर्ने पक्षमा सिंगो जिल्ला नेतृत्व सचेत रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार