पाण्डुसैनमा जीप दु’र्घटना

  मूलधारपोष्ट  150 पटक हेरिएको

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको पाण्डुसैनमा भएको जीप दु’र्घटनामा परी पाँच जना घाइते भएका छन् । कोल्टीबाट मार्तडी आउदै गरेको से १ ज ९९० नम्बरको जीप पाण्डुसैन स्थित पुरानो प्रहरी चौकी नजिकै दु’र्घटनामा परेको हो । बुढीनन्दा नगरपालिकाकै २६ वर्षिया प्रज्वल रोकायाले चलाएको जीप अनियन्त्रीत भई दुर्घटनामा परेको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् ।

दुर्घटनामा परी बुढीनन्दा नगरपालिका ८ बस्ने तारा थापा, अमदुल थापा, रोसन थापा, रोशनी थापा, सरस्वती थापा रहेका छन् । घा’इते मध्ये तारा थापा, अमदुल थापा, र सरस्वती थापालाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएको छ । भने अन्य दुई जनाको सामान्य उपचार पछि पाण्डुसैन स्वास्थ्य चौकीबाटै घर फर्काइएको छ । जीप सडकबाट करिव १ सय ५० मिटर तल ख’सेको बुझिएको छ ।

त्यस्तै बडीमालिका नगरपालिकामा भी’रबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ का ६० वर्षिया हरि बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला सदरमुकाम मार्तडी नजिकै रहेको बडीमालिका नगरपालिका ९ र ३ मा पर्ने खडीगाड मेलामा बुधवार गाईवस्तुका लागि घाँस काट्ने क्रममा भीरबाट लडेका थापाको मृत्यु भएको प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिएका छन् ।

गम्भीर घाइते भएका थापालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याउदै गर्दा बीच बाटोमा मृत्यु भएको प्रहरी प्रवक्ता रोकायाले बताएका छन् । भीरबाट लडेर मृत्यु भएका थापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार