ओली युगकै नेता हुन्, विकल्प खोज्नेहरु जनमत माथि गद्दारी गर्ने गद्दार हुन् : नरेश रोकाया

  मूलधारपोष्ट  385 पटक हेरिएको

अनेरास्ववियूका नेता नरेश रोकायाले भारतको हेपाह प्रवृत्ती माथि बदला लिन ओली नेतृत्वको सरकार मात्र सफल भएको बताएका छन् । मुलुकमा बनेका दर्जनौ सरकारले भारत सामु ठाडो शिर समेत उठाउन नसकेको वास्तविकताका बीच ओलीले कामबाटै प्रमाणीत गरेको रोकायाको दाबी छ ।

नाकाबन्दीको सामना, भारतसँगको मात्र निर्भरता हटाएर चीनसँगको पारबाहन सम्झौता, मुलुकको विकासका निम्ति गरेका दुरगामी गौरवका कामबाटै ओली सरकार इतिहासकै सफल र लोकप्रिय जनताको सरकारका रुपमा स्थापीत भएको रोकायाको भनाई छ ।

विवादित भूमि सहीत राखेर नक्सा जारी गर्ने हिक्मत गरेर देशभक्ति जनताको सरकारका रुपमा पहिलो चरणको प्रमाणीत काम गरेको बताएका छन् । सबै कमजोर छिमेकी प्रति हेपाह प्रवृत्ती राख्ने भारतीय नजरसँग खुला चुनौति दिने आटँ अहिलेसम्म ओलीले मात्र गर्न सकेको रोकायाले बताएका छन् ।

नक्सा सार्वजनिक पहिलो चरणको सुरुवाद मात्र हो, जमिन नै फिर्ता ल्याउनु वर्तमान सरकारले कुनै सम्झौता कसैसँग नगर्ने दाबी रोकायाको छ । सबै प्रमाण, ऐतिहासिक दस्तावेज नेपालकै पक्षमा रहेकोले भारतले कुटनीतिक वार्ताबाट नमाने अन्तर्राष्ट्रिय अदालत गरेपनि भूमि फिर्ता गर्नेमा शंका नगर्न आग्रह गरेका छन् ।

भारतका लागि पनि कालापानी, लिपुलेक, लिम्पीयाधुरा सामरिक महत्वको भूगोल हो, त्यस कारण पनि सडक निर्माण गरिरहेको छ, जीवन कालमा अनिवार्य मानसरोवर जाने मान्यता भारतीयहरुले राख्ने गर्दछन्, छोटो दुरी नै कालापानी नाका हो, तर त्यो भन्दैमा जमिन नै कब्जा गर्ने कुनियत नेपालीका लागि स्वीकार्य नहुने र त्यसका लागि बद्री विनाका सीपाही भएर लड्न अनेरास्ववियु तयार रहेको बताएका छन् ।

तत्कालिन परिजीवी नेताहरुका कारण टनकपुर सन्धि, गण्डक सन्धि, कोशी सन्धि जस्ता दर्जनौ सन्धि गरेर नेपाली काँग्रेसले पटक पटक राष्ट्रघात गरेको आरोप रोकायाले लगाएका छन् । महाकाली सन्धिमा ओलीलाई जोडेर बद्नाम गरिनुको कुनै अर्थ नरहेको रोकायाको भनाई छ ।

परजीवी मानसिकता र भारतको दक्षिणीबाट मात्र चल्ने गरेकै कारण नेपालमाथि भारतले बेला बेला गिद्देदृष्ट्री लगाउन आँट गरेको हो, नाकाबन्दी समेत भन्न नसक्ने काँग्रेले नेकपा र त्यसैमा पनि ओली सरकारले राष्ट्रवाद नसिकाउन अनुरोध गरेका छन् । दक्षिणको दानापानीबाट चल्नेहरुले देश विकास, राष्ट्रहित सीमा रक्षाको कुरा गर्दा सरकार विरुद्ध षडयन्त्र गरेपनि ओली सरकार पाँच वर्षका लागि र देशको समृद्धीका लागि निर्माण भएको बताएका छन् । अस्वस्थताको आरोप लगानेहरुलाई मानसिक रोगकीको संज्ञा दिएका छन् ।

सरकार ढाल्ने खेलमा पार्टी भित्रकै पनि छन्, तीनीहरु मन्त्री हुन नपाएको छटपटी मात्र हो, ओली नेतृत्वको सरकार पाँच वर्षका हो, तीन करोडको समर्थन छ, कुण्ठा सहीत विरोधका स्वरुहरु सुनिने गरेपनि केही फरक नपर्ने बताएका छन् । स्थानीय तह निर्वाचनमा पनि एमाले पहिलो भएको हो, माओवादीसँग एकताहुँदा बहुमत नै प्राप्त गरेको छ, यस कारण पनि कसैले ढाल्ने र अर्को सरकार बनाउनु कुरा देश दुर्घटनामा लिने षड्यन्त्र मात्र हुने बताएका छन् ।

ओली युगिन नेता हुन्, समकालिनमध्ये सफल पनि ओली मात्रै हुन्, त्यसकारण ओलीको विकल्प खोज्नेहरु जनमत माथि गद्दारी गर्ने गद्दार हुन्, ओलीको विकल्प ओली मात्र हुन्, रोकायाले थप्नु भयो । स्थायी कमिटी बैठकको माग गर्ने र ओलीको राजीनामा माग गर्नेहरु आफै हराएर गएका छन्, पार्टीमा केपी ओली कहिल्यै पनि अल्पमतमा हुनुहुदैन, यदी हुने अवस्था आए देश दुर्घटनामा जाने चेतावनी ओली निकट मानिने नेता रोकायाले दिएका छन् ।

अखिल भित्रका अध्ययनशिल र वैचारिक नेताका रुपमा चिनिएका रोकायाले नेविसंघले अखिलको छाया भएर विगत देखिनै काम गर्ने गरेकोले प्रतिशोधको कुनै अर्थ नरहने बताएका छन् । बाजुरामा अनेरास्ववियू र नेविसंघले एकपछि अर्को प्रशासनमा बुझाएको ज्ञापनपत्र तर्फ संकेत गर्दै रोकायाले दलिय सेवामा लागेका केही राष्ट्रसेवकलाई सुधार गर्न र सबक सिकाउन खोजिएकै भरमा नेविसंघको किन टाउको दुखाइ हुन जरुरी नभएको बताएका छन् ।

नामै लिएर रोकायाले मिन प्रसाद जैशी जस्तो सबल, सक्षम र किसानको ढुकढुकी माथि लगाएको आरोप राजनीतिक प्रतिशोध मात्रै भएको जिकिर गरेका छन् । बाजुराका रैथानी बालीको देशव्यापी बजार विस्तार गर्ने अगुवा कर्मचारीलाई प्रतिशोध साँट्ने नेविसंघको शैलीलाई समाप्तीको बाटोको रुपमा सज्ञा दिएका छन् ।

कोरोनाको संक्रमणसँग महाशक्ति राष्ट्र थला परिरहेको बेला नेपाल सफलता पूर्वक जितिरहेको बताएका छन् । हामीले संविधान निर्माण, परिवर्तनका आन्दोलनहरु र भुकम्पमा देखाएको जस्तै नेपाली एकता सीमा रक्षा र कोरोना विरुद्धको लडाइमा देखाउनुको विकल्प नरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार