शक्तिले सत्य जित्दैन, हामीले सत्य मेव जयतेबाटै हाम्रो भूमि फिर्ता गछौं : प्रधानमन्त्री ओली

  पत्रपत्रिका खबर  73 पटक हेरिएको

प्रधानमन्त्री केपीशर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्दै पछिल्लो सममय भारतले अतिक्रमण गरिरहेको ती भूभाग नेपालकै भएको प्रष्ट्याउनु भयो । २०१८ सालसम्म नेपाली जनतासँग तिरो उठाउने काम भइरहेको थियो । सन् १९६२ मा भारत र चीनबीचको लडाइँपछि त्यो रोकियो । कालापानी, लिपुलेक, लिम्पियाधुरा विवास्पद भूभाग होइन, विवादास्पद बनाइएको हो’ उहाँले भन्नुभयो, ‘हामीले अर्गेल्याइँ गरेको भए पो कोही रिसाउन छ कि भन्ने । हामीले केही अर्गेल्याइँ गरेका छैनौं । नक्शा कुनै तमासा गरिएको होइन, देखाउनका लागि गरिएको होइन । हामीले आफ्नो भूभाग फिर्ता गर्नेछौं । यसबाट सिंगो देश खुशी हुनेछ ।’

प्रधानमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सिंह मेव जयते र सत्य मेव जयतेको प्रसङ्ग सुनाउनु भयो । ‘भारत यसमा सिंह मेव जयतेमा देखिन्छ, हामी सत्य मेव जयतेको पक्षमा छौँ’ उहाँले भन्नुभयो, ‘शक्तिले सत्य जित्दैन, हामीले सत्य मेव जयतेबाटै हाम्रो भूमि फिर्ता गछौं । नक्शा पारित गरिसमेका पनि पनि नेपालको नक्सासरकार राष्ट्रिय स्भाविभानलाई आफ्नो प्राण भन्दा प्यारो ठान्छ । राष्ट्रियता भन्दा ठूलो, मातृभूमि भन्दा ठूलो अरु कोही हुन सक्दैन ।

सबैले बुझ्ने गरी भन्न चाहन्छु, अहिलेको सरकारले राष्ट्रिय हितको प्रतिनिधित्व गर्छ । राष्ट्रिय स्वाभिमानको प्रतिनिधित्व गर्छ । म दाबा गर्न चाहन्छु । यस संसदको प्रतिनिधित्व सरकमरले गर्छ । संसद कसैको दबामा झुक्न चाहन्छ र ? चाँहैन । सरकारले कसै दबाबमा कुनै कदम चाल्ने वा नचाल्ने गर्दै भन्न म सांसदज्यूहरुलाई विवेदन गर्न चाहन्छु । सीमा विवाद टुंग्याऔ भनेको कुनै दुश्मनी होइन । हामी भारतसँग मित्रता गर्न चाहन्छौ । यो धेरै सजिलो होइन तर योृ अससजलो पनि होइन । प्रधानमन्त्रीले सरकार मात्तृभूमिको हितलाई सर्वोपरी ठानेर त्यसैका निम्ति सरकार समर्पित रहेको स्पष्ट पार्नुभएको छ ।

नीति तथा कार्यक्रममाथि जवाफ दिइसकेपछि सांसदहरुले राखेको प्रतिप्रश्नको जवाफ दिदै उहाँले सरकार कसैको दबाबमा नपरेको तथा नेपाल र नेपालीको सार्वभौम, समानता, स्वाधिनता र स्वभिमानलाई प्राणभन्दा प्यारो ठानेर त्यसैमा समर्पित भएको स्पष्ट पार्नुभएको हो । उहाँले सिमा अतिक्रमणको विषय उठाएकोमा ‘अरुको उक्साहटमा लागेर नेपालले बोल्यो’ भन्नु नेपाललाई हेच्याउने र अपमान गर्ने कुरा भएको भन्दै उहाँले नेपाल कसैको उक्साहटमा नपर्ने स्पष्ट पार्नुभयो । गुलामीलाई कहिलेही स्वीकार नगरेको । स्वभिमानका निम्ति बलिदान गरेको छ’ दासता अस्वीकार गरेको स्वाभिमानी राष्ट्र हो ।कसैको उक्साहट र बहकाबमा चल्दैन । सबैले बुझ्ने गरि म भन्न चाहन्छु ।’

अतिक्रमित जमिन फिर्ता लिन सहज नभए पनि नक्सा सार्वजनिक गर्नुले दृढता सार्वजनिक गरेको भन्दै मुलुकको शक्तिले न्याय निरुपणमा प्रतिबिम्बित हुनु हुँदैन भन्ने पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो । उहाँले विवादित भूमिको समस्या समाधान गर्नका लागि भारत बार्ताको टेबलमा बस्नुको विकल्प नभएको र वार्तामा सहभागी हुनेछ भन्ने विश्वास सरकारले लिएको बताउनुभयो । नेपाल सरकार भारतसँग तनाब नभई तनाबरहित मित्रता चाहेको भन्दै उहाँले भूमि सम्बन्धी इतिहासका त्रुटि सच्याएर मित्रतालाई उचाईमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भूमि सम्बन्धी विवाद तथ्य र वार्ताका आधारमा टुंग्याएर वास्तविक र मन देखिको मित्रता देखाउन भारतलाई नेपाल सरकारले आग्रह गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार