भारतमा २४ घण्टामा कोरोनाका कारण १५४ जनाको ज्यान गयो

  पत्रपत्रिकाखबर  79 पटक हेरिएको

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमित १५४ जनाको ज्यान गएको छ । यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २५ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तै भारतमा आइतबार ५ हजार ५० जना नयाँ बिरामी फेला परेका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ९५ हजार ६९८ पुगेको वल्डोमिटरले जनाएको छ। आइतबार पुष्टि भएका संक्रमितको संख्या एकैदिन फेला पर्ने मध्य सबैभन्दा धेरै हो ।

संक्रमितमध्ये भारतमा ३६ हजार ७९५ के उपचार सफल भइसकेको छ । २२ लाख २७ हजार ६४२ को मात्रै कोरोना परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार