मदन भण्डारी भए जनयुद्ध पनि हुने थिएन् : कमलकुमारी शाह

  मूलधारपोष्ट  103 पटक हेरिएको

बाजुरा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कमल कुमारी शाहले मदन भण्डारी नेपाली राजनीतिमा सबैभन्दा अग्लो जननेता भएको स्मरण गरेकी छन् । २७ औं स्मृति दिवसमा नेकपा बाजुरा पार्टी कार्यालयमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा हाहले मदन भण्डारी जीवीत भएको भए जनयुद्ध गर्न जरुरी नै हुने थिएनन् भन्नु भएको छ ।

समृद्धीको सपना पुरा गर्ने दिशामा अग्रसर जननेता भण्डारीले उहिल्यै पार्टी एकता र समाजवाद सहीतको राज्य व्यवस्था निर्माण गरिसक्ने विश्वास राखेकी छन् । शाहले रहस्यमय रुपमा भएको हत्याको छानवीन नेकपाको सरकारले गर्न जरुरी रहेको आग्रह गर्दै फुट र विभाजनको मानसिकता सम्पूर्ण नेता कार्यकर्ताले त्याग्नु पर्ने बताएकी छन् ।

हालसम्मकै जनपक्षिय र ऐतिहासिक काम वर्तमान सरकारले गरेकोमा प्रंशसा गर्दै शाहले सरकारका कामलाई जनतामा लिनु सक्ने पर्ने बताएकी छन् । सामाजिक सुरक्षा देखि उद्दार उपचारसम्म, सहुलियत ऋण दृखि उत्पादनसम्म, रेलमार्ग निर्माण देखि पानी जहालको कार्यालय स्थापना यही सरकारले गरेपनि कार्यकर्ताले त्यसको प्रचार गर्न नसकेको स्वीकार गरेकी छन्

काँग्रेसले सञ्चार क्षेत्रमा लगानी गरेर नै सरकार विरुद्ध षड्यन्त्र गरिरहेकोले यसमा सचेत हुन आग्रह गर्दै सामाजिक सञ्जालमा काँँग्रेसले देखाईरहेको खाक्रो राष्ट्रवादका विरुद्धमा नेकपा एकतावद्ध भएर लाग्नु पर्ने सुझाव दिनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा आरोप प्रत्यारोप गर्नुको आवश्यक नरहेको भन्दै यस्तो कार्य नरोकिए गर्ने नेता कार्यकर्ता माथि कारवाही हुनु पर्ने बताएकी छन् । शाहले प्रदेश सरकार तर्फ संकेत गर्दै काँग्रेस निकटलाई नै योजना दिने काम बन्द गरिनु पर्ने बताएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार